सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत जुटाउन समन्वय गर्ने जिम्मेवारी बलायरलाई

पाँजलो न्युज
२९ माघ २०७९ ९:५७
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत जुटाउन समन्वय गर्ने जिम्मेवारी बलायरलाई

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिमले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा विश्वासको मत जुटाउनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी सभापति वीरबहादुर बलायरलाई दिएको छ।

कैलाली सदरमुकाम धनगढीमा आइतबार बसेको प्रदेश कार्यसमिति बैठकले नवनियुक्त मुख्यमन्त्री शाहको पक्षमा विश्वासको मत जुटाउनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी प्रदेश सभापति बलायरलाई दिने निर्णय गरेको हो।

सहमहामन्त्री अम्बिका चलाउनेले मुख्यमन्त्री शाहका लागि विश्वासको मत जुटाउनका लागि अन्य दलहरुसँगै पार्टी नेतृत्वसँग समन्वय र छलफल गर्ने जिम्मेवारी प्रदेश सभापछि बलायरलाई दिने निर्णय गरेको जानकारी दिइन्।

‘बैठकमा तीन वटा एजेन्डामा छलफल र निर्णय गरेका छौं। पहिलो एजेन्डा विश्वासको मतबारे थियो,’ उनले नेपालखबरसँग भनिन्, ‘मुख्यमन्त्रीज्यूको पक्षमा विश्वासको मतका लागि अन्य पार्टी र नेतृत्वसँग छलफल, समन्वयको जिम्मेवारी सभापतिज्यूलाई दिने निर्णय गर्यौं।’

कांग्रेसको प्रदेश संसदीय दलका नेता शाह गत बिहीबार संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसेपछि ठूलो दलको नेताको हैसियतमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सहमहामन्त्री चलाउनको अनुसार प्रदेश कार्यसमिति बैठकले विभागहरुलाई पूर्णता दिने र जिल्ला कार्यसमितिहरुले निर्वाचनको समीक्षा गरेर आगामी फागुन १५ गतेसम्म प्रतिवेदन बुझाउनुपर्ने पनि निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *