सुदूरमा ४५ हजार मेट्रिकटन मासु उत्पादन, कुन जिल्लामा कति मासु खाइन्छ?

पाँजलो न्युज
२६ माघ २०७९ ७:५७
सुदूरमा ४५ हजार मेट्रिकटन मासु उत्पादन, कुन जिल्लामा कति मासु खाइन्छ?

डोटी –सुदूरपश्चिम प्रदेशभित्र झण्डै ४५ हजार मेट्रिकटन मासु उत्पादन भएको छ। आर्थिक वर्ष २०७८÷७९ मा प्रदेशभित्र ४४ हजार ६५१ मेट्रिकटन मासु उत्पादन भएको तथ्यांकले देखाएको हो।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति वार्षिक १६ किलो मासु आवश्यक हुन्छ। नेपालको राष्ट्रिय मासु उपभोग दर प्रतिव्यक्ति वार्षिक १४ किलो छ। सुदूरपश्चिम प्रदेशभित्र मासु बढी र दूध ज्यादै न्यून सेवन भइरहेको तथ्यांकले देखाएको छ। मासु उत्पादनमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ४१ दशमलव ८४ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम ३ दशमलव ४५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंक धनगढीको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ।

डेढ दशकअघि सुदूरका चारमध्ये एक परिवारले रेमिटेन्स आय पाउने गरेकोमा अहिले दुईमध्ये कम्तीमा एक परिवारले रेमिटेन्सको आम्दानी पाउने अनुमान छ। पछिल्लो एक वर्षको अवधिमा अछाममा दुई हजार ३९७, डोटीमा तीन हजार १८५, बझाङमा दुई हजार ६७१ तथा कञ्चनपुरमा ७ हजार ३६१ मेट्रिकटन मासु उत्पादन भएर उपभोग भएको छ।

डडेल्धुरामा तीन हजार ५९२, बैतडीमा तीन हजार ४२ तथा दार्चुलामा दुई हजार १७९ मेट्रिकटन मासु उत्पादन भएर उपभोग भएको देखिएको छ। भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रहरु, पशुपंन्छी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांकअनुसार पनि पछिल्लो समय प्रदेशभित्र मासु उत्पादनसँगै उपभोग गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *