कांग्रेस नेता तीर्थराम डंगोलको निधन, टेकु दोभानमा अन्त्येष्टि 

पाँजलो न्युज
१३ वैशाख २०८२ ११:५३
कांग्रेस नेता तीर्थराम डंगोलको निधन, टेकु दोभानमा अन्त्येष्टि 
काठमाडौँ- कांग्रेस नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको शुक्रबार राति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डंगोलको सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएको छ ।

२००४ सालमा काठमाडौँमा जन्मिएएका ७७ वर्षीय डंगोल कांग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख समेत बनेका थिए । नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डंगोल २०६२/६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिएका थिए ।

उनका श्रीमती छन् । उनको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

नेवारी परम्पराअनुसार उनको आजै टेकू दोभानस्थित चिन्तामणिघाटमा अन्त्येष्टि गरिएको छ । धर्मपत्नी तेज माया र भाई बलराम डंगोललेपार्थिव शरीरमा दागबत्ती दिए । अन्त्येष्टिमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, आफन्तजन र शुभेच्छुकको उपस्थिति थियो । अन्त्येष्टिअघीउनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिएको थियो । त्यसअवसरमा कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीत्रय कृष्णप्रसाद सिटौला, शशांक कोइराला र उपप्रधामन्त्री प्रकाशमानसिंह, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायतले श्रद्धाञ्जली अर्पण गरे

डंगोलका सहयात्री र शुभेच्छुकले उनी निर्भिक र सत्यको पक्षपाति भएको प्रतिक्रिया दिएका छन् । उनका सहयात्री तथा पूर्वमन्त्री भिमसेनदास प्रधानले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भए पनि दलका नेतामा असलभन्दा हाम्रा मान्छेको खोजी गर्ने मनस्थिति कायम गरेको अवस्थामा काठमाडौँ जिल्ला पूर्वसभापति डंगोलले समूह, नातावाद र कृपावादबाट माथि उठ्न शीर्षनेताहरुलाई पटक–पटक सचेत गराएको स्मरण गराए

राष्ट्रिय सभाका सदस्य अञ्जान शाक्यले पूर्वराज्यमन्त्री डंगोलको निधनले नेपाली कांग्रेसलगायत देशले एउटा कुशाल, इमान्दार र निष्ठावान नेता गुमाएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *