अछाममा टाउकाे नभएकाे वेवारिसे शव फेला

अछाममा टाउको नभएको एक महिलाको शव फेला

पाँजलो न्युज
२९ चैत २०८१ ३:२३
अछाममा टाउकाे नभएकाे वेवारिसे शव फेला

अछाम- अछाममा एक महिलाको टाउको नभएको वेवारिसे शव फेला परेको छ । जिल्लाको ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको वेवारिसे शव फेला परेको हो।

टाउको नभएकोले घटना शंकास्पद हुनसक्ने भन्दै अछाम प्रहरीले घटानालाई गम्भीर रुपमा लिएको बताएको छ । शवको पहिचान खुल्न बाँकी रहेको र शव सडेको अवस्थामा रहेको बताइएको छ । स्थानीयको सूचना अनुसार प्रहरी शवको पहिचान र अनुसन्धानका लागि प्रहरी टोली खटाइएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *