राजविराज- रुपनी सडकखण्डबाट रुपनीतर्फ जाँदै गर्दा यादवलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । यादव वडाध्यक्ष पदमा निर्वाचित हुनुअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा २०६९ माघ १५ देखि ०७४ जेठ १० सम्म तत्कालीन जिल्ला शिक्षा कार्यालय दैलेखमा सब–इन्जिनियर पदमा जागिर खाएका थिए
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा करार सेवामा जागिर खाएका यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा ०७४ पुस २१ गते अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला सुनाएको थियो
भ्रष्टाचार मुद्दा चलिरहँदा नै यादवले जागिर छाडेर चुनाव लडेका थिए । वडाध्यक्ष पदमा निर्वाचित भइसकेपछि दोषी ठहर भएका यादव सर्वोच्च अदालत गएका थिए । तर, ०८० फागुन २२ गते सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि विशेष अदालतकै फैसला सदर गरेपछि यादव लुकिछिपी बस्दै आएका थिए
प्रतिक्रिया