
(तेजु ओलि)डोटी- मानबिय सेवामा अनेकौ परियास (साइन नेपाल) नामक गैरसरकारी संस्थाको केयर एण्ड रिलिफ CAR-22 परियोजनाअन्तर्गत डोटीका आदर्श गाउँ पालिका र सायल गाउँ पालिकाका स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिएको हो ।
परियोजनामार्फत ल्याबका लागि चाहिने सामग्री तथा उपकरण सहयोग गरेर बिरामी हरुले घणटौ लगायर महंगो मुल्य तिरेर टाढाजानु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको आदर्श गाउँ पालिका वडा न ६ का वडा अध्यक्ष लालबहादुर खडायतले बताउनु भयो ।
जिल्ला को दुर्गम बस्ति मा रहेको आदर्श गाँउपालिका वडा न ६ डोटीको गिरिचौका स्वस्थ चौकि र सायल स्वास्थ्य चौकि लाइ १७ लाख बराबरको बिभिन्न रोग परिक्षण मा सहज होस भनेर मेसिनहरु बितरण गरेको संस्था का अध्यक्ष भक्त राज जोशी ले बताउनुभयो।
दुर्गम बस्ति बाट सामान्य रोगको चेकजाँच का लागि अझै पनि सदरमुकाम पुग्नु पर्थ्यो। त्यसका लागि हजारौ खर्च गर्नु पर्ने बाध्यात्मक व्यवस्था लाइ रोक्नका लागि सहयोग होस भन्ने हेतुले उक्त सामग्री बितरण गरेको बताउनुभयो।
सामाग्री बुझ्दै आदर्श गाउँ पालिका का उपाध्यक्ष लक्षमि रोकायले संस्थाले गर्दै आएको सहयोग का लागि धन्यबाद दिनुभएको थियो ।
त्यसतै सायल गाउँ पालिका का अध्यक्ष धर्मराज जोसीले संस्था ले गरेको ठुलो सहयोग प्रति धन्यवाद दिदै आगामि दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
बाजागाजासहित स्वागत गरिएको उक्त कार्यक्रम औपचारिक कार्यक्रम गरि सम्पन्न भएको थियो। कार्यक्रममा स्वास्थ्य कर्मि, स्वयंसेविका,अभिभावक, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता मा उक्त सामग्री हस्तान्तरण गरेको थियो।
प्रतिक्रिया