डोटी– दिपायल सिलगढी नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा २ सय ३७ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शुक्रबार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ वडा कार्यालयमा सञ्चालन गरिएको शिविरमा नसर्ने रोगको एक सय ३४ ,पाठेघर मुखको क्यान्सरको ४४ ,आङ खसेका २, ,सेतोपानी बग्ने ३८ , मधुमेह ३ र अन्य १६ जनाको सामान्य स्वास्थ्य परिक्षण गरिएको जिल्ला अस्पतालमा कार्यरत डाक्टर इन्द्र माझीले जानकारी दिए ।

स्वास्थ्य परिक्षणपछि स्थानीय महिलाहरू खुसी भएका छन् । नाचगान र रमाइलोमा मात्रै सिमित रहने महिला दिवसलाइ यस बर्ष भिन्न तरिकाबाट मनाउने तयारी भएको दिपायल सिलगढी नगरपालिका उप प्रमुख कलावती साउँदले बताइन ।
दिपायल सिलगढी नगरपालिकाको आयोजना तथा विभन्न सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा नि :शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । वडा १,२,३ र ४ का महिलाहरूले स्वास्थ्य चेकजाँच गरेका थिए ।
स्वास्थ्य शिविरको निरिक्षणका लागि जिल्ला समन्वय समितिका उप प्रमुख स्मृति चुनारा, नगर उप प्रमुख कलावती साउँद महर, वडा नं. ३ का वडाध्यक्ष नारायण साउँद लगायतको उपस्थिति रहेको थियो ।

महिला दिवसलाई नाचगानमा सिमित गर्नुभन्दा पछिल्लो समयमा पहिलाको भन्दा बढी रोगहरू मानिसहरूलाई लाग्ने भएकाले आफ्नो स्वास्थ्य चेकजाँच गर्नु सबैको दायित्व रहेको समेत उप प्रमुख चुनाराले बताइन ।
महिला दिदीबहिनीहरूका लागि नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा प्रभावकारी हुने भएकोले शिविरको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिका नगर उप प्रमुख कलावति महर साउदले बताएकी छन् ।
प्रतिक्रिया