डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते

पाँजलो न्युज
९ फागुन २०८१ २:१०
डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते

दिपायल- डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते भएका छन्।

डोटीको दिपायल सिलगढी नगरपालिका–६ सिलगढी टुडिखेलको धामी गाउँबाट सिलगढी बजार तर्फ आउँदै गरेको चालक दिपायल सिलगढी नगरपालिका–५ धामी गाउँ बस्ने ३५ वर्षीय राम नगरकोटीले चलाएको सुदूरपश्चिम प्रदेश ०१०१३ प ६३१ नम्बरको मोटरसाइकल सडक किनारमा पार्किङ गरी राखिएको मोटरसाइकलमा ठोक्किदा चालक नगरकोटी घाइते भएका हुन्।

उनको टाउको र मुखमा चोट लागेको छ। उनको जिल्ला अस्पताल डोटीमा सामान्य उपचार पश्चात थप उपचारका लागि निसर्ग हस्पिटल धनगढीमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *