सुमी मल्लले जितिन् ‘मिसेस भोग नेपाल–२०२५’ को उपाधि

पाँजलो न्युज
८ फागुन २०८१ ११:४०
सुमी मल्लले जितिन् ‘मिसेस भोग नेपाल–२०२५’ को उपाधि

काठमाडौँ- ‘मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् । बुधवार अबेर राति बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’ को उपाधि जितेकी हुन् ।

प्रतियोगितामा रुथ शिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि जित्न सफल भइन् । ग्राण्ड फिनालेको फाइनल चरण अर्थात टप फाइभमा सुमी मल्ल, रुथ सिवाकोटी, सञ्जु श्रेष्ठ, प्रिया खड्गी तथा स्वेता बज्राचार्यबिच निकै कडा प्रतिस्पर्धा भएको थियो ।

सार्वजनिक गरिएको नतिजा अनुसार सञ्जु श्रेष्ठले फर्स्ट रनर्सअप, प्रिया खड्गीले सेकेण्ड रनर्सअप तथा स्वेता बज्राचार्यले थर्ड रनर्सअपको उपाधिमा चित्त बुझाए ।

प्रतियोगितामा समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गरेका १७ जना विवाहित महिलाहरुले भाग लिएका थिए । विभिन्न क्षेत्रमा भिन्दै परिचय बनाइसकेका प्रतियोगिहरुले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएका थिए । हाउस अफ फेसनले प्रतियोगीता आयोजना गरेको थियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *