संसदमा गर्जिदै आलेले भने, ‘ठेकेदारको लापरबाहीले डोटीको सातनाली मोटरेबल पुल निर्माण भएन’

पाँजलो न्युज
५ फागुन २०८१ ३:३४
संसदमा गर्जिदै आलेले भने, ‘ठेकेदारको लापरबाहीले डोटीको सातनाली मोटरेबल पुल निर्माण भएन’

दिपायल- सांसद प्रेम आले मगरले डोटीको बानेडुंग्रीसैन अन्तर्गत सातनाली सडकखण्डमा निर्माणाधीन पक्की पुल १० वर्षदेखि अधुरो रहेको भन्दै आक्रोश पोखेका छन् । प्रतिधिनि सभामा बोल्दै उनले करिब एक दशकअघि ठेक्का लागेको पुलको हालसम्म केवल २५ प्रतिशत काम मात्र सम्पन्न भएको बताउँदै असन्तुष्ट ब्यक्त गरे ।

पुल निर्माणका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको भए पनि ठेकेदारले काममा सक्रियता नदेखाउँदा पुलको काम अलपत्र परेको आलेको भनाई छ । स्थानीयवासीहरु लामो समयदेखि पुलको प्रतिक्षामा रहेपनि निर्माणको गति सुस्त देखिएको उनले बताए ।

उनले ठेकेदारको लापरबाहीले लामो समयदेखि पुल अलपत्र परेको भन्दै छिटोछरितो रुपमा निर्माण कार्य अघि बढाउन जोड दिए ।

यति हुँदा पनि निर्माण व्यवसायी कम्पनीलाई कारवाही भने भएको छैन । निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भिमबहादुर साउद डडेल्धुरा कांग्रेस जिल्ला सभापति हुन् । उनले राजनीतिको आडमा पुल निर्माणलाई थप्प राखेका छन् । साउद कांग्रेस सभापति शेर बहादुर देउवाका प्रिय ब्यक्ति हुन् । ३ वर्षमा निर्माण हुनुपर्ने पुल १० वर्ष वित्दा समेत कामसम्पन्न हुनु त परैको कुरा २४ प्रतिशत समेत काम भएको छैन ।

पुल नबन्दा स्थानीयलाई वर्षौँदेखि पीडा भएको सबै क्षेत्रमा जानकारी भए पनि पुल निर्माणका लागि कसैले पनि पहल नगरेको स्थानीय नागरिकको व्यापक गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *