काठमाडौं- बेलुन विस्फोटमा घाइते उपप्रधानमन्त्री पौडेल र मेयरको काठमाडौँमा उपचार हुँदै छ।
पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ उनको पोखराको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। उनलाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री विष्णु पौडेलसँगै पोखराका मेयर धनराज आचार्य पनि घाइते भएका थिए। आचार्यलाई पनि थप उपचारका लागि काठमाडौं लगीएको छ। मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो। मेयर आचार्यको घाँटीमा आगोले पोलेको छ।
प्रतिक्रिया