डोटी- बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार शिवनाथ गाउँपालिका-५ बारुगाउँकी ५१ वर्षीया कलावती साउदको मृत्यु भएको हो ।
साउद यही माघ ५ गते घर नजिकैको भिमलको रुखमा स्याउला काट्ने क्रममा लडेर घाइते भएकी थिइन् । उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया