प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ‘एपिएफ’ र ‘सुदुरपश्चिम प्रदेश’ को लगातार दोस्रो जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ‘एपिएफ’ र ‘सुदुरपश्चिम प्रदेश’ को लगातार दोस्रो जित

डोटी- माघ १ गते देखि धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ अन्तर्गत बुधबार भएका खेलमा ‘एपिएफ क्लव’ र ‘सुदुरपश्चिम प्रदेश’ले लगातार दोस्रो जित निकालेका छन्।

प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा ‘एपिएफ क्लब’ ‘गण्डकी प्रदेश’ बिरूद्ध ८ विकेटले बिजय भएको छ। हुस्सुका कारण १५ ओभरमा झारिएको खेलमा टस जितेको एपिएफले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गर्ने निम्तो पाएको ‘गण्डकी’ले ५ विकेट गुमाउदै ७० रन बनायो। टिमका लागि कप्तान सिर्जना पौडेलले ३४ बलको सामना गर्दै सर्वाधिक २५ रन बनाइन भने अर्की ब्याटर रेखा तामाङले ३० बलमा १७ रन जोडिन्। पहिलो इनिङमा फिल्डिङमा उत्रेको ‘एपिएफ’ का लागि बलिङ तर्फ बिनु बुढाले ६ रन खर्चेर २ विकेट लिइन भने करूणा भण्डारीले ८ रन खर्चिदा १ विकेट हात पारिन्।

दोस्रो इनिङमा जवाफी ब्याटिङ गर्ने क्रममा ‘एपिएफ क्लव’ले गण्डकीले दिएको ७१ रनको लक्ष्य ९.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। एपिएफकी कप्तान इन्दु बर्माले २१ बलको सामना गर्दै २६ रन र रोमा थापा १७ बल खेल्दै १४ रनमा अविजित रहिन्। त्यसअघि राजमती ऐरी ८ रन र ममता चौधरी १४ रनमा आउट भएका थिए। गण्डकीका लागि बलिङमा यसोदा भुजेलले १४ रन खर्चेर १ विकेट तथा आकृति तिवारीले २४ रन खर्चेर १ विकेट दिलाए। अघिल्लो दिन एपिएफले कर्णालीलाई १११ रनले हराएको थियो।

त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा ‘सुदुरपश्चिम प्रदेश’ले ‘लुम्बिनी प्रदेश’ लाई ७५ रनले हराएको छ। पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ६ विकेटको क्षतिमा १२७ रन जोड्यो। उसका लागि कविता कुँवरले ५५ रनको अर्ध शतकीय पारी खेलिन्। बलिङमा लुम्बिनीकी सरस्वती पुनले २ विकेट र सम्झना मगरले १ विकेट हात पारे।

१२८ रनको बिजयी लक्ष्य पच्छ्याउन ब्याटिङ गरेको ‘लुम्बिनी प्रदेश’ केवल ५२ रनमा समेटिदा ‘सुदुरपश्चिम प्रदेश’ बिरुद्ध ७५ रनले पराजित भएको छ। सुदुरपश्चिमका लागि बलिङ तर्फ रेवती धामीले ३ तथा आशिका महराले २ विकेट दिलाए।

‘सुदुरपश्चिम प्रदेश’ ले प्रतियोगितामा आफ्नो पहिलो खेलमा ‘गण्डकी प्रदेश’ लाइ ७ विकेटले पराजित गरेको थियो। जारी प्रतियोगिताको आज तेस्रो दिन समुह ‘ए’ का २ खेल हुदैछन्। बिहान ९ बजे हुने पहिलो खेल ‘कर्णाली प्रदेश’ र ‘गण्डकी प्रदेश’ बिच रहनेछ भने दोस्रो खेल दिउँसो १ बजे ‘एपिएफ क्लव’ र ‘लुम्बिनी प्रदेश’ बिच रहनेछ।

प्रतियोगिता नेपाल क्रिकेट संघ (CAN) को युटुबु च्यानल र काष्ठमण्डप टेलिभिजन बाट प्रत्यक्ष प्रसारण भइरहेको छ।

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *