यू-१९ महिला विश्वकप अभ्यास : अमेरिकासँग टस हारेर नेपाल ब्याटिङमा

यू-१९ महिला विश्वकप अभ्यास : अमेरिकासँग टस हारेर नेपाल ब्याटिङमा

डोटी- आईसीसी यू-१९ महिला टी-२० विश्वकपको तयारी स्वरूप नेपालले बुधबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपाल र अमेरिका बिच क्वालालाम्पुर स्थित रोयल सेलङ्गर मैदानमा खेल केही बेर अघि सुरू भएको छ ।

सवा ८ बजेदेखि सुरू भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै छ । अमेरिकाकी कप्तान अनिका कोलनले टस जितेर पहिले फिल्डिङ रोजेकी हुन् ।

पहिलो अभ्यास खेलमा नेपाल वेष्टइन्डिजले निर्धारित २० ओवरमा दिएको १०९ रनको बिजयी लक्ष्य पच्छ्याउन जवाफी ब्याटिङ्ग गर्ने क्रममा १९.१ ओवरमा १०० रनमा समेटिदै ९ रनले पराजित भएको थियो । अमेरिकाले भने न्युजिल्याण्डलाई पराजित गरेको थियो । नेपाली महिला यु-१९ टिम आजको खेल जित्दै विश्वकपमा आफ्नो मनोबल उच्च बनाउने प्रयासमा रहनेछ।

एशिया क्षेत्र छनोटमा युएई लाइ पराजित गर्दै विश्वकपमा पहिलो पटक ऐतिहासिक सहभागीता जनाउनका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली मलेसियामा छ। टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा प्रशिक्षकमा महेश प्रसाद रिजाल छन् ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा १६ टिमको सहभागिता छ जहाँ चार समूहमा १६ टिमको विभाजन गरिएको छ ।

नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ । नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टोली : पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *