डोटी – सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीकाे वार्षिक सामाजिक परीक्षण बिहीबार सम्पन्न भएकाे छ।
संस्थालाई जनउत्तरदायी र जवाफदेही बनाउन सामाजिक परिक्षण गरिएकाे कार्यकारी निर्देेशक हेमराज जाेशीले जानकारी दिए ।
सामाजिक परिक्षणमा आर्थिक बर्ष ०८०/०८१ मा सम्पादित क्रियाकलाप एवम उपलब्धिहरूकाे समीक्षा गरिएकाे थियाे ।
संस्थाकी अध्यक्ष निर्मला राेस्याराकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंह रहेका थिए ।
प्रमुख अतिथि सिंहले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै डोटी जिल्लामा छुट्टै छवि बनाउनमा सफल भएकाे बताए।
उनले सिडिसीले विभिन्न क्षेत्रमा लगानी गरेको उदाहरण दिँदै भविष्यमा विशेष क्षेत्रलाई प्राथमिकता दिन सके थप प्रभावकारी नतिजा प्राप्त हुने धारणा राखे।
सिडिसीका अध्यक्ष निर्मला रोस्याराले कार्यक्रमको दौरान उठेका सल्लाह र सुझावलाई आत्मसात गर्दै संस्थाले आगामी दिनमा स्थानीय तहसंग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती साउँद, सायल गाउँपालिकाकी उपाध्यक्ष निर्मला ओली, पूर्वीचौकी गाउँपालिकाकी उपाध्यक्ष पशुपति खड्का लगायतकाे उपस्थिति रहेकाे थियाे ।
सामाजिक परिक्षण पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोहन शाहीले गरेका थिए ।
सामाजिक परिक्षणमा सामुदायिक विकास केन्द्रले विभिन्न परियाेजनाका उपलब्धीहरूलाई ग्यालरी प्रदर्शनी गर्नुका साथै विभिन्न शैक्षिक सामाग्रीहरू एवम सायलमा उत्पादन गरिएकाे अल्लाेका झाेलाहरू, दिपायलमा उत्पादन गरेकाे खुकुरी एवम आरनका सामाग्रीहरू प्रदर्शनी गरिएकाे थियाे ।
सामुदायिक विकास केन्द्र डोटीले विभिन्न ६ वटा दातृसंस्थाकाे सहयाेगमा विभिन्न ११ वटा परियाेजना आर्थिक बर्ष ०८०/०८१ मा संचालन गरेकाे कार्यक्रम संयाेजक दिनेश बमले जानकारी दिएर ।
बमका अनुसार शिक्षा क्षेत्रमा ३, महिला तथा बालबालिका क्षेत्रमा ३, आयआर्जनका क्षेत्रमा ३ तथा विपद न्यूनीकरणका क्षेत्रमा २ परियाेजना संचालित छन ।
८ कराेड ७० लाख बराबरकाे काराेवार गरेकाे सिडिसिका विभिन्न परियाेजनाहरूमा १ सय भन्दा बढी कर्चारीहरू कार्यरत छन ।
४५ प्रतिशत महिला तथा ५५ प्रतिशत पुरूष कर्मचारी रहेकाे सिडिसिलाई समावेशी बनाउने प्रयास भईरहेकाेे कार्यकारी निर्देशक हेमराज जाेशीले जानकारी दिए ।
सुदूरपश्चिम तथा कर्णालीका जिल्लाहरूमा परियाेजना संचालन गर्दै आएकाे सामुदायिक विकास केन्द्रले हरेक बर्ष सामाजिक परिक्षण गर्दै आएकाे छ ।
प्रतिक्रिया