अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानु कपडा कम्बल वितरण

गणेश बहादुर मौनी
१८ मंसिर २०८१ १२:१६
अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानु कपडा कम्बल वितरण

डोटी डोटीको बडीकेदार गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानु कपडा कम्बल वितरण गरेको छ ।

३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आज एक कार्यक्रमका बिच ४० जना अपाङ्गता भएका व्यक्तिहरूलाई कम्बल वितरण गरिएको पालिकाले जनाएको छ ।

आर्थिक अवस्था कमजोर रही अपाङ्गता भएका व्यक्तिहरूलाई चिसोको समयमा केही राहत होस भन्ने हेतुले गाउँपालिका भित्र सबै वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कम्बल वितरण बडिकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।

उनले भनिन् क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता पाउने गरेको भए पनि ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई पालिकाले विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको विष्ट कलेलले बताइन् ।

बडीकेदार गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर माथि उकास्न पालिकाले विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आइरहेको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई सानोतिनो सहयोग भन्दा पनि जीविकोपार्जन सँग सम्बन्धित सिप तथा आय आर्जनका कार्यक्रमहरूमा सहयोग गरिदिने हो भने अपाङ्गता भएका व्यक्तिहरूलाई सहज हुने कार्यक्रमका सहभागीहरूले जोड दिएका थिए ।

गाउँपालिकाको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द्र घाङगल ,मनकामना पैरवी समूह बिपिनगरको समन्वयमा मोहन्याल दृष्टिविहीन तथा अपाङ्ग सेवा समाजको आयोजनामा दिवस समारोह कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *