(कैलाली) – सोमवारबाट पत्रकारहरूका लागि आयोजीत रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । सुदूर पश्चिम पृतना हे.क्वा, तेघरी ब्यारेक, कैलालीमा सुरू गरिएको सो कार्यक्रमको सुदूर पश्चिम पृतनाका सहायक चिफ अफ स्टाफ सहायक रथी किरण के.सी.ले उदघाटन गरेका छन ।
पाँच दिनसम्म सञ्चालन हुने अभिमुखीकरणमा विभिन्न ९ जिल्लाका क्रियाशिल १९ पत्रकारहरूको सहभागिता रहेको छ । संचारकर्मी र नेपाली सेना बीचको सम्बन्ध बिस्तार गरि पेशागत क्षमता अभिबृद्धी गर्ने उदेश्यले संचालन गरिएको सो अभिमुखिकरण नेपाली सेनाले २०६७ सालबाट सुरू गरेको हो । हालसम्म नेपालका ५ सय ४६ पत्रकारहरू रक्षा संवादाता अभिमुखिकरणमा सहभागि भइसकेका छन ।
नेपाली सेनाको संरचनात्मक स्वरूप, जिम्मेवारी एवम प्रमुख गतिविधिहरू बारे जानकारीमूलक प्रस्तुतीकरण र अन्तरक्रिया गरिने नेपाली सेनाको जनसम्पर्क महाशाखाले जानकारी दिएको छ । साथै, सहभागीहरूलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत महत्त्वपूर्ण संरचनाहरूको स्थलगत अध्ययन भ्रमण गराउने योजना पनि रहेको छ।
उदघाटन शत्रमा विशेष योगदान दिने ८ वटा एफ.एम. रेडियो स्टेसनलाई नगद पुरस्कार र कदर पत्र समेत प्रदान गरिएको छ । उनले नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने रेडियो स्टेसनहरूको प्रोत्साहनका लागि सो कदर गरिएको बताए।
प्रतिक्रिया