प्रजनन स्वास्थ्य शिविर वाट ६८ जनाले सेवा लिए

गणेश बहादुर मौनी
२५ कार्तिक २०८१ १३:५६
प्रजनन स्वास्थ्य शिविर वाट ६८ जनाले सेवा लिए
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडी स्वास्थ्य चौकीमा आइतबार सञ्चालन भएको महिलाहरूका लागि प्रजनन स्वास्थ्य शिविरमा ६८ जनाले सेवा लिएका छन् ।
ग्रामीण समुदायक विकास केन्द्रको आर्थिक सहयोग र बडीकेदार गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा शिविर सञ्चालन गरिएको मान्नाकापडी स्वास्थ्य चौकीकी इन्चार्ज अनिता साउँदले बताइन् ।
एक दिने शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँच, महिलाहरूका लागि लामो दूरीका परिवार नियोजनका अस्थायी साधन इमप्लान्ट सेवा, भिडियो एक्स-रे सेवा, महिलाका स्वास्थ्य समस्याको उपचार गरिएको इन्चार्ज साउँदले बत्ताइन् ।
शिविरमा बडीकेदार गाउँपालिका आधारभूत अस्पताल खड्यौलीमा कार्यरत एम बिबिएस डाक्टर सुरेश श्रेष्ठ र गेटा मेडिकल कलेजमा कार्यरत मेडिकल अधिकृत डाक्टर जस्मीता जोशीले सेवा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *