इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा

पाँजलो न्युज
१५ असोज २०८१ ७:४५
इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा

दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि विस्तारै यसको क्रेज बढ्ने क्रममा छ ।

डोटीमा इलेक्ट्रिक सवारी साधन संचालन गरिरहेकाे भागेश्वर सालमुनि यातायात प्रालीका अध्यक्ष रवि भण्डारीका अनुसार विधुतिय सवारी साधनकाे प्रयोगवाट  अन्य सवारी साधनको तुलनामा धेरै फाइदा हुने बताउँछन् । डोटीमा अहिले उक्त यातायात प्रालीले दिपायल देखि धनगढी रूटमा ७ गाडीहरु संचालनमा ल्याएको अध्यक्ष भण्डारीले बताए ।
यस्ता छन फाइदाहरु
कम मर्मत खर्च
विद्युतीय सवारी साधनमा धेरै पार्ट्सको प्रयोग गरिएको हुँदैन । इन्धन, स्टार्टर मोटर, एक्जस्ट सिस्टम, फ्युल इन्जेक्सन सिस्टम, रेडिएटर र अन्य धेरै स्पेयर पार्ट्स आवश्यक पर्दैन । यसले गर्दा पार्ट्स बिग्रिने र धेरै मर्मत गर्नु पर्ने हुँदैन । यसले गर्दा अन्य सवारी साधनको तुलनामा ८० प्रतिशत सम्म मर्मत खर्च जोगाउन सकिने व्यवसायीहरु बताउँछन् ।
९० प्रतिशत भन्दा बढी दक्षता
एक पटक फुल चार्ज गरे पछि कति चल्छ भन्ने कुरा निर्धारण गरिएको हुन्छ र यो ९० प्रतिशत भन्दा बढी मिल्छ । यसका आधारमा यसले दिने माइलेज ९० प्रतिशत सही हुन्छ । यसका आधारमा यात्राको योजना बनाउन सकिन्छ र निकै नै भर पर्दो हुन्छ ।
आयात निर्भरतामा कमी
विद्युतीय सवारी साधन चलाएमा स्वदेशमै उत्पादन भएको विद्युत प्रयोग गर्न सकिन्छ । नेपालमा अब प्रशस्तै विद्युत उत्पादन भएको छ । विद्युतको प्रयोग गरेर सवारी साधन चलाउँदा पेट्रोलियम पदार्थको आयात गर्नु पर्दैन । यसले गर्दा अन्य देशबाट आयात गर्नु पर्ने त्यस्तो पेट्रोलियम पदार्थप्रतिको निर्भरता घट्छ ।
सहज ड्राइभिङ
विद्युतीय सवारी साधन चलाउन अन्य सवारी साधन भन्दा सहज हुन्छ । यसका लागि अन्य सवारी साधन जस्तो धेरै गाहे हुँदैन ।
वातावरणमैत्री
विद्युतीय सवारी साधन प्रयोगमा ल्याए पछि कुनै पनि प्रदूषण हुँदैन । यसबाट वातावरण स्वच्छ राख्न सहयोग पुग्छ ।
८० प्रतिशत सम्म कर्जा सुविधा
नेपालको सन्दर्भमा विद्युतीय सवारी साधनका लागि बैंक वा वित्तीय संस्थाहरुले ८० प्रतिशत सम्म कर्जा प्रवाह गर्छन् । अन्य सवारी साधनमा ५० प्रतिशत मात्र कर्जा प्रवाह गर्न सकिने नियम छ । यो अवस्थामा विद्युतीय सवारी साधन प्रयोगकर्ताले फाइदा लिन सक्छन् ।
सहज चार्ज
विद्युतीय सवारी साधनलाई घर, अफिस वा अन्य विभिन्न स्थानमा चार्ज गर्न सकिन्छ । यसले गर्दा चार्ज गर्नका लागि समस्या हुँदैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *