अमेरिकामा आँधीका कारण मर्नेको सङ्ख्या ६४ पुग्यो

पाँजलो समाचार
१३ असोज २०८१ ६:३७
अमेरिकामा आँधीका कारण मर्नेको सङ्ख्या ६४ पुग्यो

वासिङ्टन- दक्षिण पूर्वी अमेरिकामा आँधीका कारण मर्नेको सङ्ख्या बढ्दो छ । हेलेन आँधीका कारण त्यहाँ अहिलेसम्म कम्तीमा ६४ जनाको मृत्यु भइसकेको बताइएको छ ।

उत्तरी क्यारोलिनमा मात्रै कम्तीमा २५ जनाको मृत्यु भएको छ ।  हेलेन त्यहाँ सन् १९८९ यता आएको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ ।

आँधीका कारण फ्लोरिडामा ११ जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनामा ४०० भन्दा धेरै सडक बन्द भएका छन् भने दसौँ लाख मानिसहरू बिजुलीविहीन बस्न बाध्य भएका छन् ।

आँधीका कारण १५ अर्ब देखि २६ अर्ब डलर बराबरको सम्पत्ति क्षति भएको मूडिज एनालिटिक्सको अनुमान छ । हेलेनका कारण अमेरिकाभर ९५ अर्ब देखि १ खर्ब १० अर्ब डलर बराबरको क्षति भएको हुन सक्ने एक्यूवेदरको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *