स्वास्थ्य क्षेत्रमा के.आई.सिंह डाेटी प्रथम

पाँजलो न्युज
१० असोज २०८१ १३:५८
स्वास्थ्य क्षेत्रमा के.आई.सिंह डाेटी प्रथम

(डाेटी) – के.आई.सिंह गाउँपालिका स्वास्थ्य क्षेत्रमा डाेटी प्रथम भएकाे छ ।
स्वास्थ्य कार्यालय डाेटीले गरेकाे मुल्यांकनमा ७०.५४ अंक ल्याउँदै  के.आई.सिंह प्रथम भएकाे हाे ।  प्रथम भएकाे के.आई.सिंहकाे स्वास्थ्य शाखालाई बिहिवार स्वास्थ्य कार्यालय डाेटीले आयाेजना गरेकाे बार्षिक समीक्षा कार्यक्रममा दाेसल्ला र प्रमाणपत्रका साथ पुरस्कृत गरिएकाे छ ।

डाेटीमा २ नगर र ७ पालिका गरि ९ वटा स्थानीय रहेका छन् । गत आर्थिक बर्ष ०८०/०८१ मा सम्पादित क्रियाकलापकाे मुल्यांकन गरेर स्वास्थ्य कार्यालय डाेटीले नतिजा सार्वजनिक गरेकाेे हाे ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डाेटीका प्रमुख लक्ष्मण बहादुर सिंहले के.आई.सिंह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नवीन माझिलाई पुरस्कृत गरेका हुन ।

स्वास्थ्य कार्यालय डाेटीले गरेकाे मुल्यांकनमा जाेरायल गाउँपालिका ६९.८८ अंक ल्याउँदै दाेस्राे भएकाे छ। त्यस्तै तेस्राे स्थानमा दिपायल सिलगढी नगरपालिका परेकाेे छ । दिपायल सिलगढी नगरपालिकाले ६९.३८ अंक ल्याएकाे थियाे ।

स्वास्थ्य शाखा डाेटीले हरेक वर्ष विभिन्न सूचकहरू राखेर पालिकाहरूकाे मुल्यांकन गर्दै आएकाे स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।

प्रतिक्रिया

One thought on “स्वास्थ्य क्षेत्रमा के.आई.सिंह डाेटी प्रथम

Leave a Reply

Your email address will not be published. Required fields are marked *