खोलाले बालिका बगायो, पहिरोमा च्यापिएर २ जना घाइते

पाँजलो न्युज
२८ भदौ २०८१ ४:०८

 (डोटी)  डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ४ मा एक बालिकालाई खोलाले बगाएको छ । स्थानीय गन्ने खोलाले वायल बजार जान घरबाट हिँडेकी  ८ बर्षिया निर्मला चन्दलाई बगाएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिमलाल भटराइले बताए । कार्की गाउँ बस्ने महामतीकी छोरी निर्मलाकाे स्थानीय  र प्रहरीद्धारा खोजी कार्य जारी छ । बाेगटान फुडसिल गगुडा घर भई कार्किगाउँ स्थित मामाघरमा चन्द बस्दै आएकी थिईन ।

साेही खाेलामा परेर अर्कि एक महिला पसल खाेल्न वायल आउने क्रममा घाईते भएकाे स्थानीय वसन्त विकले बताएका छन् । उनकाे दुर्गामाण्डाै स्वास्थ्य चाैकीमा उपचार भईरहेकाे छ ।

उता डोटीको बडीकेदार गाउँपालिका वडा नं. ४ टिमुटेमा पहिरोले घरभित्र च्यापिएर दुइ जना घाइते भएका छन् । ४५ बर्षिय तुलाराम जेठारा र उनकी ४० बर्षिया भागरथी जेठारा घाइते भएको डिएसपी भट्टराईले जानकारी दिए । तुलाराम सामान्य घाइते भएपनि भागरथी भने गभ्मिर रहेकी छन् । दुवै जना श्रीमान श्रीमती हुन् । घरमाथि पहिरो खस्दा गएराती उनीहरु घाइते भएका हुन् ।

उनीहरुको बाख्रा खोरमा समेत पहिरो खस्दा दर्जनौ बाख्रा च्यापिएर मृत्यू भएको प्रहरी जनाएको छ । ४ वटा गाइगोरु समेत पहिरोमा पुरिएर मरेका छन् । व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएका जेठारा दम्पतीको घर र खोरमा भएमा क्षती विवरण संलकन कार्य भइरहेको डिएसपी भट्टराइले बताए ।

त्यस्तै के.आई.सिंह गाउँपालिका वडा नं ६ भाटीगाउँमा पनि पहिरोले पुरिएर तारा भाटका दुई वटा बाख्रा मरेका छन् । घरबाहिर निस्केर मध्यराती ज्यूज्यान बचाउन सफल भएपनि गोठ र घरमा पुर्ण क्षती भएको भाटले बताएका छन् ।

ठाउँ ठाउँमा सडक अवरुद्ध

दुपहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात सेवा अवरुद्ध भएको छ । बिहीबारदेखि सुरु भएको लगातारको वर्षाका कारण डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा खसेको पहिरोका कारण भीमदत्त राजमार्गको सडक यातायात पूर्ण रूपमा अवरुद्ध रहेको डडेलधुरा प्रहरीले जनाएको छ ।

साहुखर्कमा बिहीबार साँझदेखि नै पहिरो खस्न थालेको हो । साहुखर्क सडकमा गएको पहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्लाबाट तराईको गन्तव्यका लागि छुटेका र तराईबाट सुदूरपश्चिमका सात पहाडी जिल्लाका लागि हिडेका सवारी साधन साहुखर्कमै रोकिएका प्रहरीको भनाई छ । विहीबार साँझतिर डोजरले पहिरो पन्छाउने प्रयास भए पनि राति ठूलो पहिरो खसेको छ ।

डडेलधुराकै गन्यापधुरा गाउँपालिका–२ को रडुवामा समेत पहिरो खसेपछि केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । उता डडेलधुराकै आलितालमा खसेको पहिरोले जोगबुढा–बुडर सडक समेत अवरुद्ध भएको डडेलधुरा प्रहरीले जनाएको छ । डडेलधुरा प्रहरीले सूचना जारी गर्दै वर्षा नरोकिएको र पहिरो खस्ने क्रम जारी रहेकाले सतर्क रहन भनेको छ ।

त्यस्तै केआईसिंह गाउँपालिका जाने राजपुर वायल चवराचौतारा सडक पनि अवरुद्ध भएको छ । के.आई.सिंह गाउँपालिका वडा नं. ५ कमलकट्टेमा रुख ढल्दा आवागमन अवरुद्ध भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *