मिति २०८१/०३/३१ गते रेडियाे नेपाल दिपायल डाेटीबाट दिउँसाे ३:१५ मा डाेटेली भाषामा प्रसारणा हुने समाचारकाे नाम बैतडेली भाषाकाे समाचार भनेर उद्घाटन डाेटी स्थित आधिकारिक निकायका प्रमुख सिडियाे लगायतका सहभागीतामा गरिएकाे छ । किन ?
आखिर स्थापित भइसकेकाे डाेटेली भाषा र डाेटेली शब्दले ग्रहण गर्ने बृहत् गरिमामा आघात पुग्नेगरि भएकाे याे हर्कत कसकाे स्वार्थमा गरियाे त ?
तमाम डाेट्यालले बुझ्न जरुरी छ, भाषिक रुपमा सूदुरपश्चिम र कर्णालीकाे भाषिक अनि सांस्कृतिक एकतालाई नियाेजित तरिकाले ध्वस्त गर्न डाेटी सचेत मानिने वर्ग नै लागि परेकाे भान हुँदैछ ।
डाेटीमै जन्मेका, हुर्केका अनि जान्ने सुन्ने भाकाहरूबाट आधिकारिक तवरमै यसाे हुनु खेदजनक छ । किन यसाे गरिदै छ , तर्क र भनाई आउलान् तर आम डाेटेलीले यस विषयमा बुझ्न जरुरी छ ।
सबैलाई ज्ञात रहाेस् डाेटेली वा डाेट्याल शब्द बर्तमान डाेटी जिल्लाकाे परिचय मात्रै नभएर लामाे ऐतिहासिक कालखण्डदेखि सूदुरपश्चिम र कर्णालीसम्मकाे भाषिक र सांस्कृतिक परिचयकाे प्रतिनिधित्व गर्ने शब्द अनि एकताकाे सुत्र हाे ।
पक्कै पनि यस क्षेत्रमा उच्चारणगत भेद छन् यसकाे अर्थ प्रत्येक उच्चारणलाई फरक फरक भाषागत नाम दिनु भाषाले एकीकृत गरेकाे सास्कृतिक एकतालाई संकुचित गर्नु हाे ।
मुलुककाे एकतामा निहित सार्वभौम शक्तिकाे क्षयकरण गर्न त्यहाँकाे सांस्कृतिक एकता टुक्राटुक्रा पार्नु पर्छ भन्ने तर्क बल्ल आएर डाेटीमा केही थान कलम चलाउनेका मार्फत प्रयाेग गरिदै छ ।
याद रहाेस् नेपालकाे राजनीतिक भूगाेलमा जातियताकाे राजनीतिक प्रयाेगले मष्टाे केदार मान्ने खसहरूकाे (दलित, बाहुन र क्षेत्री) थाकथलाे सेती महाकाली र कर्णालीमा खुम्चिएकाे छ । लिम्बुवान, नेवा.. सहितका प्रदेशमा खसहहरू छाती खाेलेर हिड्न सकिरहेकाे अवस्था छैन ।
आज पूर्व र तराईतिर अस्तित्वकाे घाेचपेच हुँदा त्यहाँको दलित, बाहुन, ठकुरी अनि क्षेत्री यही बृहत् डाेटीलाई ओत लाग्ने ओडारकाे रूपमा हेरिरहेकाे छ । यस यथार्थलाई आत्मसात नगर्ने त ?
आज धार्मिक रुपमा ईसाईकरण, राजनीतिक रुपमा जातीयता, आर्थिक रुपमा व्यक्तिबादी दलालीकरण गर्दै एकता खण्ड खण्ड गर्न लागि परेका शक्तिहरू पछिल्लो समय डाेटेली भाषाका माध्यमबाट यहाँकाे सांस्कृतिक एकता टुक्राटुक्रा पार्न केही सचेत भनाउदाकाे आडमा डाेटीकाे केन्द्रमा प्रवेस गरेका छन् ।
डाेटेली संस्कृतिमा आक्रमण किन हुँदैछ त ?
१- सेती, महाकाली र कर्णालीबासी खस समुदाय नै अहिले नेपालकाे सिंगाे क्षेत्रमा हावि छ ।
नेपालकाे पूर्वसम्म फैलिएकाे यस खस समुदायलाई शाेषकका रुपमा चित्रण गरिएकाे छ ।
बृहत् डाेटी क्षेत्र बाहेक नेपालका अन्य क्षेत्रमा खसहरूलाई परायाकाे रुपमा हेरिदा पनि खसहरूकाे राजनीतिक बर्चस्व यद्यपि कायम छ ।
यसर्थ खस समुदायकाे राजनीतिक शक्ति नामेट गर्न यिनीहरूकाे थाकथलाे डाेटी मै हान्न खसहरू नै प्रयाेग हुँदै आएका छन् ।
२- धार्मिक अस्तित्व लाेप गराउने प्रयास अर्काे कारण हाे । खसहरू सनातन हिन्दु हुन् ।
हिन्दु कै सर्व स्वीकार अन्तरगत मष्टाे अनि केदार पुजक डाेटी क्षेत्रमा बस्छन् । बृहत् हिन्दुबाट टुक्राटुक्रा गर्न अतिबादी समूह यहाँ मष्टाे धर्म अलग धर्म हाे भनेर खसहरूलाई भड्काउन सक्रिय छ ।
खसलाई मात्रै हिन्दु वाेधबाट अलग्याउन सकियाे भने डाेटी मात्रै हाेईन सिंगाे नेपालकै सांस्कृतिक सम्पदामा खेल्न सक्ने स्वार्थ समुहकै याेजना अनुसार डाेटेली र डाेट्यालकाे ठाऊँमा ठाऊँमा अछामी, बझाङी, बाजुरेली, बैतणेली प्रयाेग हुँदैछ ।
अहिले झट्ट हेर्दा जिल्लागत अभिव्यक्ति प्रस्तुत गर्न खाेजिए पनि यसकाे लक्ष्य जिल्लाकाे भाषा र संस्कृतिलाई गर्खा र गाऊँमा खण्डीकरण गर्नु हाे ।
यसाे गरिए मात्रै खस संस्कृतिलाई सजिलै ईसाईकरणमम विलय गराउन सकिन्छ ।
३- डाेटेली भाषा नेपाली भाषाकाे माउ भाषा हाे । आदिकवि भानुभक्तले डाेटेली भाषामा रामायण लेखेर डाेटेली भाषाकाे प्रयाेग नेपाल यानिकी काठमाडौं प्रवेश गराए ।
समयसंगै यस भाषाले नेपाली भाषाकाे मान्यता पायाे । पछिल्लो समय राजनीतिक खण्डिकरणले निम्त्याएको व्यक्तिबादी चिन्तनले भानुभक्तले भाषिक रुपमा एकीकृत गरेकाे नेपालमा विभाजनकाे विउलाई पूर्ण रुपमा फुलाउन डाेट्याल क्षेत्रका भाषा र क्षेत्रलाई समूह समूहमा खण्डित गर्ने याेजना बुन्याे ।
परिणामस्वरूप पछिल्लो जनगणनामा डाेटेली भाषा र यसका प्रयाेग क्षेत्रलाई खण्डित गर्न जिल्ला र गर्खाका नामबाट भाषाका नाम राखियाे र जबर्जस्ती भाषिक मतकाे तथ्य जनगणना मार्फत सार्वजनिक गरियाे ।
लक्ष्य डाेटेली भाषा मात्रै हाेईन नेपाली सहित अछामी, कालीकाेटे, बाजुरेली, जुम्ली , बैतणेली , बझाङी , गढवाली भाषा पनि स्वाहा गर्नु थियाे ।
अचम्म छ डाेटेली भाषिक र सांस्कृतिक धराेहर ध्वस्त पार्न यहाँकाे सरकारी सयन्त्रकाे पुरै प्रयाेग गरिएकाे छ । अनि भनिदैछ सरकारकाे निर्णय अनि नीति हाे ।
महाेदय , ज्ञात रहाेस् ऐतिहासिक समयदेखि नै डाेट्याल शब्दले सांस्कृतिक सम्पदा देउणा, गाैरा, महाभारत, पुतला, हाेरी सहितका तमाम आयाम र साैन्दर्य जाेड्दै आएकाे छ ।
भाषाकाे खण्डीकरणले भाषा मात्रै हाेईन क्षेत्र, संस्कृति , लवाईखवाई, गित संगित, राजनीति धर्म सहितका क्षेत्रमा व्यक्तिबादी अहमकाे हवाली दर्ज गर्नेछ ।
फलस्वरूप बैतणेली भाषा बचाउने तपाईंको साेचले बैतणेली, डाेटेली त कहाँ हाे कहाँ नेपाली भाषालाई नै लखतरान पार्नेछ । डाेटेली भाषाकाे एकिकृत चेत स्वीकार भइसकेकाे अवस्थामा आधिकारिक निकायबाट नै विखण्डनको विऊ राेपिनु कति जायज छ ?
हुनसक्छ, व्यक्तिगत अहमकाे संरक्षणका लागि तमाम तर्क अघि सारिएलान तर डाेटेली शब्दले ग्रहण गरिसकेकाे एकीकृत साैन्दर्यकाे क्षय गर्ने बृहतअधिकार तपाईंमा छैन ।
प्रज्ञा प्रतिष्ठान सूदुरपश्चिमले सिलगढीमा अघिल्लो महिना गरेकाे आयाेजना गरेकाे भाषिक तथा सांस्कृतिक कार्यक्रममा डाेटी क्याम्पसका चिफ आदरणीय दिलानन्द सरले डाेट्याल वा डाेटेली शब्द महाकाली वारि सिंगाे सूदुरपश्चिमकाे परिचय भएकाे तथ्य प्रस्तुत गर्नु भाथ्याे ।
अल्माेडा, कुमाउ, गढवालतिर ढाका टाेपी लगाएकाे पूर्व नेपालकाे लिम्बू पनि डाेट्याल नामले परिचित हुन्छ । पक्कै पनि भाैतिक जगतका तमाम कुरा टुक्राटुक्रा पारेर प्रयाेग र बिश्लेषण गर्दा लक्ष्य भेटाउन सकिन्छ ।
तर सांस्कृतिक र भाषिक साैन्दर्य समष्टिमा झल्किन्छ र प्रष्टिन्छ ।
बैतणी र कन्चनपुरमा पनि डाेटेली भाषा भनेर प्रयाेग भएकाे तथ्यलाई तपाईंहरूले डाेटीमा बङ्गयाउन गरिएकाे प्रयास कदापि स्वीकार गर्न सकिँदैन ।
राजनीतिक रुपमा नेपाललाई जातियतामा विभाजन र भंग गरेकाे तिताे अहिले आम नेपाली भाेग्दै छन् ।
हेर्दाहेर्दै अब त हाम्रै घर र आँगन समेतलाई भाषिक र सांस्कृतिक विभाजनमा सामेल गराउन लागि पर्नु भयाे । अनि हामीले स्वीकार गरि दिनु पर्ने त ?
इतिहासदेखि बर्मानसम्मकाे प्रयाेगले प्रष्ट भन्छ
गढवाल ,अल्माेडा , कुमाउकाे पल्लाे पश्चिमी कुनादेखि आसाम, दार्जिलिङ भुटान र बर्मासम्मकाे पूर्बी भूगोलमा ऐतिहासिक कालदेखि नै जनजिब्राेमा प्रयाेग हुँदै आएकाे डाेटेली शब्दकाे बृहत् प्रयाेगलाई तपाईं बर्तमान डाेटीकाे केन्द्रमै उभिएर खुम्च्याउदै हुनुहुन्छ । तपाईंलाई याे अधिकार कसले दियाे ?
केही लवज फरक छन् भन्दैमा बैतणेली भन्नू सरासर गलत छ । हाल बैतणी लगायत क्षेत्रमा बाेलिने भाषा डाेटेली नै हाे । विश्वास छैन भने अध्ययन गराै ।
तपाईंहरूको नियत अनि बाटाे डाेटी भित्रकै चाैक्याल भाषा, दिपाईल्या भाषा , बाेगटानी भाषा अनि तदअनुरुपका समाचार गृह अनि कक्षाकाेठामा पाठ्यपुस्तक र शिक्षकतिर साेझिएकाे छ ।
हालकाे मानक नेपाली भाषा पनि दार्जिलिङ, ईलाम, पाल्पा , जनकपुर अनि डाेटी क्षेत्रमा फरक फरक शैली र लवजमा बाेलिन्छ अनि उच्चरित हुन्छ ।
अब नेपाली भाषालाई पनि पाल्पाली नेपाली, दार्जिलिङे नेपाली, जनकपुरे नेपाली भनेर बाड्नु त ? यसर्थ विषयवस्तुको गम्भीरतापूर्वक मनन गर्न जरुरी छ ।
यहाँका सचेत वर्ग, राजनीतिक दल, शिक्षक, लेखक तथा साहित्य क्षेत्र लगायतले आफ्नो आफ्नो क्षेत्र , तह र तप्काबाट यस विषयमा कलम चलाउनु अनि आवाज उठाउनु आवश्यक छ ।
प्रतिक्रिया