माेवाईल आफै खरिद गरेर भुक्तानी लिए/ दिएकाे हाेईन  : उपाध्यक्ष बम

पाँजलो न्युज
३ असार २०८१ १०:५५
माेवाईल आफै खरिद गरेर भुक्तानी लिए/ दिएकाे हाेईन  : उपाध्यक्ष बम

डाेटी – महालेखा परिक्षककाे प्रतिवेदनले वेरूजु देखाएकाे माेवाईल सेट आफुले खरिद गरेर भुक्तानी नलिएकाे उपाध्यक्ष बमले बताएकी छिन् ।

मागै नगरि पालिकाले खरिद गरेर गत असारमा उपलब्ध गराएकाे तर्क छ । तर  कुन कर्मचारीले कसरी र किन खरिद गर्याे भन्ने कुरा भने खुलाएकी छैनन् ।

बाेगटान फुड्सिल गाउँपालिका उपाध्यक्ष  बमले शनिवार फेसवुकमा स्टाटस लेख्दै खरिद प्रकृयामा संलग्न कर्मचारीवारे आवश्यक छानविन गर्ने बताएकी छन् ।

`मैले  गाउँपालिका कार्यालयसँग मेरा लागि  मोबाइल सेट आवश्यक छ भनेर माग गरेको थिइनँ´, बमले प्रतिकृया दिदै भनेकी छिन्, `कार्यालयले गएको असार/ साउनतिर मलाई मोबाइल सेट उपलब्ध गराएको हो । मैले आफै खरिद गरेर भुक्तानी लिए/दिएको  पनि होइन् । मोबाइल सेटको मुल्य के–कति हो, मलाई थाहासम्म छैन ।´

मोबाइल सेट बुझ्दा ‘सुदुरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धि ऐन, २०७५’को व्यवस्था रुजु गरेर बुझ्नु आफ्नाे मानवीय त्रुटि भएको भने उपाध्यक्षले स्विकारेकी छन् ।

प्लस वान कम्पनीकाे १ थान माेवाईल सेट अनियमित रूपमा खरिद गरेकाे भन्दै ७९ हजारर एक सय रूपैयाँ उपाध्यक्ष बममका नाममा बेरूजु महालेखा परिक्षककाे प्रतिवेदनले देखाएकाे छ ।

उनले माेवाईल सेट कार्यालयलाई फिर्ता गरिएकाे तथा बेरूजु रकम फर्च्याैट समेत गरिसकेकाे जानकारी दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *