नयाँ घर पाउँदा वासुदेवी दङ्ग

मोहन शाही
३१ जेठ २०८१ १७:३२
नयाँ घर पाउँदा वासुदेवी दङ्ग
नयाँ घरको चाबी बासुदेवी भूललाइ हस्तान्तरण गर्दै वडाध्यक्ष राजेन्द्र खड्का ।
(डोटी)– श्रीमानको मृत्यु पछि ५ सन्तानसहित बेसहारा बनेकी वासुदेवी कामीलाई नव निर्मित दुई कोठे घर हस्तान्तरण गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाका वडा नं २ का वडाध्यक्ष राजेन्द्र खड्काको नेतृत्वमा सञ्चालन गरिएको अभियानबाट सङ्कलित रकमले निर्माण गरिएको घर बिहीबार एक औपचारिक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । वडाध्यक्ष खड्काले घरको चाबी हस्तान्तरण गरेका थिए ।
नयाँ घरको रिबन काटेर उद्घाटन गर्दै वडाध्यक्ष राजेन्द्र खड्का ।
दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ खातिवाडामा दुई लाख ५६ हजार आठ सय १५ रुपैयाँ लगानीमा घर निर्माण गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए । वडाध्यक्ष खड्काले ०८१ वैशाख ५ गते सो घरको शिलान्यास गरी निर्माण कार्य अघि बढाएका थिए ।
घर हस्तान्तरण गर्दै वडाध्यक्ष खड्काले बेसहारा भएर बिचल्लीमा परेकी वासुदेवीको भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरूलाई धन्यवाद व्यक्त गरेका थिए । सोही कार्यक्रममा चन्दादाताहरूको नामावली र रकम समेत सार्वजनिक गरेका थिए । एक लाख २५ हजार घर निर्माण गर्ने मिस्त्रीलाई ज्याला र अन्य रकम निर्माण सामाग्री खरिद गरिएको खड्काले जानकारी दिए । अभियानबाट दुई लाख ३८ हजार १९ रुपैयाँ सङ्कलन भएको थियो । अपुग रकम भने वडाध्यक्ष खड्काले स्वयम व्यहोरेका हुन ।
बासुदेवी भूलको भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरूको विवरण ।

 

 

बासुदेवी भूलको भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरूको विवरण ।
वासुदेवीका श्रीमान् ०८० चैत २२ गते भारतको जोधापुरमा मृत्यु भएको थियो भने ०८० पुसमा ससुराको मृत्यु भएको थियो । पाँच सन्तानकी वासुदेवीले भारतमै आफन्तहरूको सहयोगमा दाहसंस्कार गरेर नेपालमै काजक्रिया गरेकी थिइन् ।
घरबार नभएपछि उनी आफ्ना लालावाला सहित आफन्तको घरमा सहारा लिएर बसेकी थिइन् । ‘घरमा खाने अन्न थिएन, सुत्न ओछ्यान थिएन । हाम्रो आग्रहमा वडाध्यक्ष ज्यूले घर निर्माणका लागि अभियान चलाइदिनु भयो’, छिमेकी तुलाराम भूलले भने, ‘अहिले घर हस्तान्तरण गरिएको खबरले हामीलाई पनि खुसी लागेको छ ।’
वासुदेवीले नयाँ घर पाएपछि खुसी व्यक्त गरिन । नयाँ घर पाउँदा जति खुसी र आनन्द मिलेको छ त्यो भन्दा बढी पाँच सन्तानको पालन पोषण र शिक्षा दीक्षाको चिन्ता रहेको समेत उनले बताइन् । नागरिकता विहीन वासुदेवीको वडाध्यक्ष खड्काकै सक्रियतामा नागरिकता बनाएर वडाबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था समेत मिलाइएको वडाध्यक्ष खड्काले जानकारी दिएका छन् ।
उनका बालबालिकाको पालन पोषण र शिक्षाका लागि पनि पहल भइरहेको खड्काले बताए ।
घर हस्तान्तरण कार्यक्रमका सहभागिहरू ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *