धनगढीमा बाल चलचित्र महोत्सव हुने

पाँजलो न्युज
१७ जेठ २०८१ ७:२१

जेठ १७ । चलचित्र विकास बोर्डले आगामी असार ७ गतेदेखि ९ गतेसम्म धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ आयोजना गर्ने भएको छ ।

बोर्डले महोत्सव व्यवस्थापन सम्बन्धी कार्यका लागि बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीलाई संयोजक तोकेको छ ।
प्रवक्ता एवं महोत्सव संयोजक बुढाथोकीका अनुसार दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ का बालबालिका एवं वयस्कहरुले निर्माण गरेका बालचलचित्रहरुको प्रदर्शन तथा प्रतिष्पर्धा गराइने छ । महोत्सवमा प्रदर्शन गरिने बालचलचित्र जेठ २५ गतेसम्म उपलब्ध गराउन बोर्डले चलचित्रकर्मीहरुलाई आह्वान गरेको संयोजक बुढाथोकीले बताए ।

दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ मा बालचलचित्रको प्रदर्शन, अन्तरक्रिया, सिने सम्बाद, कार्यशाला, फोटो एवं बालपुस्तक प्रदर्शनी, झाँकी, साँस्कृतिक एवं सांगितिक प्रस्तुती रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *