मैत्रीपूर्ण फुटवलमा उधाेग बाणिज्य संघ बिजयी

पाँजलो न्युज
१६ जेठ २०८१ ५:३५
मैत्रीपूर्ण फुटवलमा उधाेग बाणिज्य संघ बिजयी

डाेटी– गणतन्त्र दिवसकाे अवसरमा आयाेजीत मैत्रीपुर्ण फुटबल प्रतियाेेगितामा डाेटी उधाेग बाणिज्य संघकाे टिम बिजयी भएकाे छ ।

संघ र  डाेटीमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरूकाे टिम बिच भएकाे प्रतियाेगितामा एक गाेल हान्दै संघ बिजयी भएकाे हाे ।
संघका तर्फवाट मध्यान्तर हुनुु पुर्व नै लक्ष्मण कठायतले
गाेल प्रहार गरेका थिए ।

मध्यान्तर पछि राष्ट्रसेवक कर्मचारीहरूकाे टिमले खेललाई आफ्नाे नियन्त्रणमा राखेपनि गाेल भने हान्न सकेनन् ।
राजपुर स्थित खप्तड रंगशालामा डाेटी उधाेग बाणिज्य संघले मैत्रीपुर्ण फुटवल प्रतियोगिताकाे आयाेजना गरेकाे थियाे ।

संघका अध्यक्ष विक्रम साउँदले कर्मचारी र व्यवसायी विचकाे सम्बन्ध प्रगाढ बनाउन प्रतियाेगिता आयाेजना गरेकाे बताउँदै सहभागी खेलाडीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

जिल्ला समन्वय समितिका संयाेजक लक्ष्मण सिंहले खेलाडीहरूलाइ प्रमाणपत्र वितरण गर्दै गणतन्त्र दिवसले सबै नागरिक समाज, व्यापारी, राष्ट्रसेवक कर्मचारी लगायतलाई शुभकामना दिएका थिए ।

उनले खेलकुद क्षेत्रकाे विकासका लागि सरकारी तहवाट मात्र सम्भव नभएकाले निजी क्षेत्रकाे समेत साथ हुनुुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *