खप्तड– शैलेश्वरी हाइ अल्टीच्यूडको म्याराथन दौड प्रतियोगीता आयोजना हुने

माेहन शाही
१५ जेठ २०८१ १६:०३
खप्तड– शैलेश्वरी हाइ अल्टीच्यूडको म्याराथन दौड प्रतियोगीता आयोजना हुने

(डोटी)– भू–स्वर्ग खप्तडको प्रबद्र्धन गर्ने उदेश्यले ०८१ असार ३ गते खप्तड– शैलेश्वरी हाइ अल्टीच्यूडको म्याराथन दौड प्रतियोगीता(तेस्रो संस्करण) आयोजना हुने भएको छ ।
डोटी उधोग बाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगीताबारे जानकारी दिएको हो । तेस्रो संस्करणका रुपमा आयोजना हुन लागेको सो प्रतियोगीताको तयारी पुरा भइसकेको संघका अध्यक्ष विक्रम साउँदले बताए । खप्तडमा हरेक बर्ष गंगा दशहराको अवसर पारेर विभिन्न विधामा प्रतियोगीता संचालन हुने साउँदले बताए ।
३ हजार ३ सय फिटको उचाँइमा रहेको खप्तडको त्रिबेणी धाम देखि डोटीको सदरमुकाम शैलेश्वरी मन्दिरसम्मको ४२.१९६ किलोमीटरको दुरीमा म्याराथन प्रतियोगीता हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
गत बर्ष संचालन भएको म्याराथन दौड प्रतियोगीतामा २ विदेशी सहित ४८ जनाले सहभागिता जनाएका थिए । प्रथमलाई एक लाख, दोस्रो हुनेलाइ ७० र तेस्रोलाई ४० हजार नगद पुरस्कार राखिएको छ ।
खुला म्याराथन दौड प्रतियोगीता, हाफ म्याराथन महिला दौड, देउडा, भलिबल एवम् घोडा दौड प्रतियोगीता संचालन हुने भएका हुन् । प्रतियोगीतामा सहभागिता हुन चाहने धावकले नेपाली सेनाको भैरब प्रसाद गण सिलगढीमा अनलाइनमार्फत फर्म भर्न सक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *