गणतन्त्र दिवसको पुर्व सन्ध्यामा दिपायलको पिपल्ला बजारमा सरसफाइ

सरिता कठायत
१४ जेठ २०८१ १४:३५
गणतन्त्र दिवसको पुर्व सन्ध्यामा दिपायलको पिपल्ला बजारमा सरसफाइ

सरिता कठायत

डोटी : डोटी गणतन्त्र दिवसकाे पुर्व सन्ध्यामा दिपायलको पिपल्ला बजारमा सरसफाइ कार्यक्रम गरेको थियोे । दिपायल सिलगढी नगरपालिका ४ मा रहेको पिपल्ला बजारमा सरसफाइ गरिएको हो । सोमबार दिपायल सिलगढी नगरपालिकाको सहयोगमा जिल्ला स्तरीय समिति डोटीको आयोजनामा पिपल्ला बजारमा सरसफाइ गरिएको थियोे । जनताले चाहेको दिन गणतन्त्र दिवसको पुर्व सन्ध्यामा डोटीको मुख्य बजार तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको पिपल्ला बजारमा सरसफाइ कार्यक्रम गरिएको जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले बताउनुभयो । उहाँले बजारलाई सरसफाइ गर्नुपर्ने सबैको दायित्व रहेको र आफूहरूले गणतन्त्र दिवसको पुर्व सन्ध्यामा सरसफाइ अभियान गरिएको सिंहले जानकारी गराउनु भयो । त्यसैगरी गणतन्त्र दिवसलाई भोलि शैलेश्वरि बाट बाल सुधार गृह सम्म प्रभात फेरि कार्यक्रम गरिने र बाल सुधार गृहमा रहेका बालबालिकाहरूलाई गणतन्त्र दिवसको उपलक्ष्यमा फलफूल वितरण गर्ने कार्यक्रम रहेको समेत जानकारी गराउनु भयो । साझ शैलेश्वरी मन्दिरमा दिप प्रज्वलन गरेर गणतन्त्र दिवस मनाउने उँहाले बताउनुभयो । बजार सरसफाइ अभियानमा जिल्ला समन्वय प्रमुख, उप प्रमुख,दिपायल सिलगढी नगरपालिकाका उप मेयर,प्रमुख जिल्ला अधिकारी, दिपायल सिलगढी नगरपालिका प्रशासन प्रमुख, जनप्रतिनिधि ,नेपाल प्रहरी,शस्त्र प्रहरी,आर्मी,व्यापारी, संस्था प्रतिनिधि, पत्रकार लगाएतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *