डढेलो लगाउनेबारे सुराकी दिनेलाई पुरस्कार

राज पार्की
२३ वैशाख २०८१ ३:४२
डढेलो लगाउनेबारे सुराकी दिनेलाई पुरस्कार

(डोटी)– वनमा डढेलो लगाउने व्यक्तिको बारेमा सूचना दिनेलाइ डोटीमा पुरस्कारको दिने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्षतामा शनिबार वन डढेलो नियन्त्रण सम्बन्धि सरोकारवालाहरु बीच बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले बनमा डढेलो लगाउनेहरु बारे सुराकी दिने , पहिचान गर्ने तथा आगो नियन्त्रणमा भूमीका खेल्नेलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने बताए । पुरस्कार राशी कति दिने भन्ने बारे निर्णय भने भएको छैन । बजेटको अवस्था हेरेर उचीत राशि दिइने सरोकारवाहरुले निर्णय गरेका छन् । प्रमुख जिल्ला अधिकारी अर्यालले बन क्षेत्रमा डढेलोले भयावह रुप लिदै गरेकाले सवै क्षेत्रबाट नियन्त्रणका लागि भूमीका खेली दिन आग्रह गरे ।

दिपायल सिलगढी नगरपालिका वडा नं. २ को खातीवाडा क्षेत्रको बनमा लागेको डढेलो ।

बन डिभिजन डोटीका कार्यालयका प्रमुख गोकुल रिजालले डोटीको कुल बन क्षेत्रमध्य ४० प्रतिशतमा डढेलो लागेको जानकारी दिए । ‘डढेलोले भयावह रुप लिदै गएको छ, बन्यजन्तु र बोटविरुवा संकटमा परेका छन्’, डिभिजन प्रमुख रिजालले भने, ‘रुखविरुवा मात्र होइन माटोमा समेत डढेलो लागेको छ ।’

एक अर्का विचको रिसिबीे, बिडिचुरोट खाएर जथाभावी फाल्ने, घाँस पलाउने तथा बन्यजन्तुको सिकार गर्न सहज हुने भनेर आगो लगाउने प्रबृती बढ्दै गएको छ ।

विभिन्न कारणले आगो लगाउने मानिसहरुलाइ कानुनी दायरामा ल्याउन नसकिएको जिल्ला समन्वय समिति डोटीकी उपप्रमुख स्मृति चुनारा बिकले बताइन् । आफन्त वा गाउँले भनेर स्थानीय बासिन्दाहरुले आगो लगाउने व्यक्तिबारे थाहा पाएर पनि सूचना लुकाउने गरेको उप प्रमुख चुनाराले आरोप लगाइन् । गोप्यरुपमा सूचना दिने व्यक्तिहरुलाई पुरस्कार दिने व्यवस्थाले सकरात्मक भूमीका खेल्नसक्ने उनको भनाइ छ ।

आगलागी नियन्त्रणका लागि पालिकास्तरमा पनि वन उपभोक्ता समितीहरुसँग छलफल भइरहेको डिभिजन वन कार्यालय डोटीका प्रमुख गोकुल रिजालले जानकारी दिए । उनले जेठ १५ गतेसम्म डढेलो बढ्न सक्ने सम्भावना रहेकाले सामुदायिक बनका उपभोक्ता, जनप्रतिनिधी, कर्मचारी , सुरक्षा निकाय लगायत आम नागरिक सतर्क रहनु पर्ने सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *