शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह शुभारम्भ

शिक्षामा जोड दिन नागरिक समाजद्धारा डोटीमा सरकारको ध्यानाकर्षण

पाँजलो न्युज
११ वैशाख २०८१ ४:२६
शिक्षामा जोड दिन नागरिक समाजद्धारा डोटीमा सरकारको ध्यानाकर्षण
शिक्षाका लागि राष्ट्रिय अभियान डोटीको अगुवाइमा साेमबार नागरिक समाजका प्रतिनिधीहरू सरकारको ध्यानकर्षण गराउँदै

(डोटी)–  शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल डोटीले शिक्षा क्षेत्रमा जोड दिन आग्रह सहित सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबार हात हातमा विभिन्न सन्देशमूलक नारासहितका प्लेकार्ड बोकेर नागरिक समाजका अगुवाहरुले प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।

‘ सबै बालबालिकाको विद्यालयमा सहभागीता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चिता, शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले बञ्चित हुनु नपरोस्, शिक्षाको गुणस्तर बढाऔ जनसहभागीता जुटाऔ, आफ्ना छोरा छोरी लाई पढ् न पठाऔ शिक्षा लाई जगै बाट उठायौ’  जस्ता नारा उल्लेखित प्लेकार्ड बोकेर जिल्ला प्रशासन कार्यालय डोटी अघि २० मिनेट मौन धारण गरिएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल डोटीका संयोजक तिर्थराज पन्तले बताए ।

गुणस्तरीय शिक्षामा जोड दिन माग राख्दै साेमबार सिलगढीमा निकालिएको र्‍याली । तस्विर साैजन्य – तिर्थ पन्त

सोमबारबाट शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०८१ देशव्यापी मनाउने क्रममा डोटीमा पहिलो दिन सरकारको ध्यानाकर्षण गराउन डोटीमा विभिन्न गतिविधी गरिएको थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल डोटीको आयोजनामा र्‍याली समेत निकालिएको थियो ।

सिलगढी बजार देखि जिल्ला प्रशासन कार्यालय डोटीसम्म निकालिएको र्‍यालीमा राष्ट्रिय अभियान नेपाल सुदूरपश्चिम समितिका संयोजक हेमराज जोशी सहित आदर्श गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्का, गैसस महासंघ सुदूरपश्चिम समितिका उपाध्यक्ष रघु कठायत, डोटी बहुमुखि क्याम्पसका प्राध्यापक एवम् विधार्थी, गैर सरकारी संघसंस्थाका प्रतिनिधी, पत्रकार एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।

गुणस्तरीय शिक्षामा जोड दिन माग राख्दै साेमबार सिलगढीमा निकालिएको र्‍याली । तस्विर साैजन्य – तिर्थ पन्त

शिक्षामा समान पहुँच, गुणस्तरीय , भरपर्दो र व्यवहारिक शिक्षा कार्यान्वयनका लागि सरकारी पक्षलाई दवाव सृजना गर्दै जवाफदेही बनाउन यो कार्यसप्ताह शुरु गरिएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल सुदूरपश्चिम समितिका संयोजक हेमराज जोशीले बताए ।

जोशीले कार्यसप्ताह अन्तर्गत संचार संस्थामार्फत सार्वजनिक शिक्षा सुधारकालागि सचेतनामुलक सूचना तथा वहस कार्यक्रम प्रसारण गर्ने, स्थानीय सरकारका प्रतिनिधि र शिक्षा सम्बन्धी सरोकार राख्ने सबै विच अन्र्तक्रियात्मक कार्यक्रम गरिने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *