प्रधानन्यायधीश श्रेष्ठको डाेटीमा नागरिक अभिनन्दन गरिने

पाँजलो न्युज
२६ चैत २०८० ७:५२
प्रधानन्यायधीश श्रेष्ठको डाेटीमा नागरिक अभिनन्दन गरिने

डोटी – सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाइ गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिने भएको छ । पारिवारिक कामकाजले डोटी आउन लागेका प्रधान न्यायधीस श्रेष्ठलाइ आउदो बैशाख २ गते नागरिक अभिनन्दन गरिने जनाइएको छ ।

दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजी सिं खड्का र पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायको नेतृत्वमा डोटेली नागरिकका तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । ‘न्यायलय क्षेत्रको अग्रणी भूमिकामा पुग्नु हुने डोटेली पुत्र पाउनु सवै डोटेलीका लागि गौरबपूर्ण कुरा हो’, नगरप्रमुख खड्काले भने, ‘डोटेली नागरिकका तर्फवाट उहाँलाई नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ ।’

पूर्वीचौकी गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्यायले शैलेश्वरी मन्दिरको प्राङ्गणमा बाजागाजाका साथ डोटेली सांस्कृतिक कार्यक्रम सहित अभिनन्दन गरिने बताए । शाखा अधिकृतका रुपमा २०३८ सालमा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ २०१६ साल असोज २० गते जन्मेका हुन् । पुख्र्यौली घर सिलगढी डोटी रहेका श्रेष्ठ २०८० साल भदौ ४ गते सर्वोच्च अदालतको प्रधान न्यायधिसमा नियुक्त भएका थिए ।

प्रधान न्यायधीस विश्वेम्भरप्रसाद श्रेष्ठको संक्षिप्त परिचय

जन्म मिति– बि.सं. २०१६।०६।२०
जन्मस्थान– कैलाली
लिङ्ग   –  पुरुष
शैक्षिक योग्यता– एम.ए., डी.एल.
सर्वोच्च अदालतमा नियुक्ति मिति– २०७३।०४।१७
सेवा सम्बन्धी विवरण
१.   शाखा अधिकृत, रा.प.तृतीय– २०३८।१२।२७(अस्थायी)
२.   शाखा अधिकृत, रा.प.तृतीय– २०४१।९।११(स्थायी)
३.  सहायक सचिव,(रा.प.द्वितीय)– २०४४।११।१४
४.  उप¬रजिस्ट्रार, (रा.प.द्वितीय)– २०४९।१२।१
५.  न्यायाधीश, जिल्ला अदालत– २०५०।१२।१५
६.  न्यायाधीश, पुनरावेदन अदालत – २०६२।१२।१०
७.  कायम मुकायम मुख्य न्यायाधीश, पुनरावेदन अदालत– २०७०।४।८
  ८.  मुख्य न्यायाधीश, पुनरावेदन अदालत– २०७१।५।१०
  काम गरेका पद र कार्यालय,अदालतहरु
१.  शाखा अधिकृत, कानून तथा न्याय मन्त्रालय २०३८।१२।२७(अस्थायी)
२.  शाखा अधिकृत, रा.प. तृतीय, सूदुर पश्चिमाञ्ल क्षेत्रीय अदालत २०४१।९।११
३.  शाखा अधिकृत, रा.प.तृतीय, मध्यमाञ्चल क्षेत्रीय अदालत २०४१।११।१०
४.  सहायक सचिव, रा.प.द्वितीय, सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालत २०४४।११।१४
५.  न्यायाधीश, रा.प.द्वितीय, दार्चुला जिल्ला अदालत २०४५।२।३
६.  न्यायाधीश, रा.प.द्वितीय, डडेलधुरा जिल्ला अदालत २०४७।३।२६
७.  सहायक तालिम प्रमुख, रा.प.द्वितीय, न्याय सेवा तालिम केन्द्र २०४८।०७।२३
८.  उप¬रजिस्ट्रार, रा.प.द्वितीय, सर्वोच्च अदालत २०४९।१२।१
९.  न्यायाधीश, उदयपुर जिल्ला अदालत २०५०।१२।१५
१०.  न्यायाधीश, मकवानपुर जिल्ला अदालत २०५३।१।१९
११.  न्यायाधीश, झापा जिल्ला अदालत २०५५।५।४
१२.  न्यायाधीश, बाँके जिल्ला अदालत २०५८।१।१४
१३.  न्यायाधीश, काठमाडौं जिल्ला अदालत २०६०।१।११
१४.  न्यायाधीश, पुनरावेदन अदालत वाग्लुङ्ग २०६२।१२।१०
१५.  न्यायाधीश, पुनरावेदन अदालत पाटन २०६५।११।१५
१६.  न्यायाधीश, पुनरावेदन अदालत पोखरा २०६८।४।२३
१७.  न्यायाधीश, पुनरावेदन अदालत पोखरा २०७०।४।८
१८.मुख्य न्यायाधीश, पुनरावेदन अदालत हेटौंडा – २०७१।५।१०
१९. प्रधान न्यायधीश, सवोच्च अदालत – २०८०।०५।०४
   विभूषण
गोरखादक्षिण बाहू चौथो २०४८ साल, गोरखादक्षिण बाहू तेश्रो २०६१ साल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *