डोटीमा नेचर गाइड तालिम सुरु

पाँजलो न्युज
२१ चैत २०८० १५:०२
डोटीमा नेचर गाइड तालिम सुरु

(डोटी)- खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा रहेको झिग्रानामा पहिलो पटक सात ७ दिने आधारभूत नेचर गाइड तालिम सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीको आयोजना तथा डोटीको पूर्वीचौकि गाउँपालिका, सायल गाउँपालिका, बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कञ्चनपुर र खप्तड राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा तालिमको आयोजना गरिएको जनाइएको छ ।


सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याई, स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने, आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि सुदूरपश्चिमलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुगोस् भन्ने हेतुले तालिमको आयोजना गरेको सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाई धनगढीका ईकाई प्रमुख डबल बहादुर बोहराले बताएका छन् ।

तालिममा सुदूरपश्चिम प्रदेशको विभिन्न स्थानीय तहका ३० जना व्यक्तिहरूको सहभागी रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *