आदर्श गाउँपालिकाले पुर्‍यायो काणागाउँका ६९ परिवारलाइ खानेपानी

पाँजलो न्युज
२९ फागुन २०८० १:४३
आदर्श गाउँपालिकाले पुर्‍यायो काणागाउँका ६९ परिवारलाइ खानेपानी

डोटी– घण्टौं कुरेर पानी जोहो गर्दै आएका आदर्श गाउँपालिका वडा नं. ६ गीरीचौकाको काँणाबासी सोमबारबाट भने हाइसुखः भएका छन् । आदर्श गाउँपालिकाले पुर्खौदेखि भोग्दै आएको काँणाबासीको खानेपानी अभावलाइ टारेको छ ।

सोमबार गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले ७० लाखमा निर्मित खानेपानी आयोजना स्थानीयलाई हस्तान्तरण गरेका छन् । डाडाबाग मन्दिर नजिक खोलाको पानी लिफ्टबाट तानेर स्थानीयलाई पु¥याइएको छ ।

खानेपानी हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष खड्काले निर्वाचनका बेला स्थानीयलाई गरिएको बाचा पुरा गर्नपाएकोमा खुसी व्यक्त गरे । गिरीचौकामा रहेका विभिन्न वस्तीमा रहेको खानेपानी अभावलाइ यथाशिघ्र समाधान गरिने प्रतिवद्धता समेत अध्यक्ष खड्काले गरेका छन् ।

काणागाँउमा रहेका ६९ घरधुरी यस अघि एउटै धाराबाट खानेपानीको जोहो गर्दै आएका थिए । ‘गाउँभरीका लागि एउटै धारा हुँदा घण्टौं कुर्नुपर्ने बाध्यता थियो’, स्थानीय कृष्ण थापाले भने, ‘कहिले पानी आउथ्यो , कहिल्यै आउँथेन ।’ खानेपानी अभावकै कारण तिब्र बसाइसराइ र खाद्य संकटले सताइरहेका बेला पालिकाले घरघरमा खानेपानी पु¥याएपछि स्थानीय खुसी भएको थापाले बताए ।

गत आर्थिक बर्ष गाउँपालिकाले टेण्डर मार्फत खानेपानी आयोजनाको निर्माण कार्य सुरु गरेको थियो । ६९ घरधुरीलाई २३ वटा धारा निर्माण गरिएकाले अव विगतको जस्तो पानीकै लागि घण्टौं कुर्नु पर्ने बाध्यता हटेको उपाध्यक्ष लक्ष्मी धामी रोकायाले बताइन् ।

आदर्श गाउँपालिकाले वडा नं. ६ मा खानेपानी योजना निर्माण गरिरहेको छ । एउटै योजनालाई ३ टुक्रा बनाएर पालिकाले गतबर्ष ७० लाख बराबर लगानी गरे काँडी गाउँका घरधुरीहरुमा खानेपानी खसाली सकिएको इञ्जनियर धन बहादुर थापाले बताए ।

‘गतबर्ष ७० लाख लगानी गरेर वडा नं. ६ को काँडीमा खानेपानी पु¥याइयो, चालु आर्थिक बर्षमा ६० लाखबराबरको ठेक्का निकालेर खतेडा र ढाँटबाडा गाउँमा पानी वितरण गर्छाै,’ इञ्जनियर थापाले भने, ‘अर्कोबर्ष सिल्ल साउँकोलामा वितरण गर्ने योजना छ ।’

वडा नं. ६ बाहेकका अन्य वडाहरुमा लागु हुने गरी करिब ६० करोड बराबरको लगानीमा बृहत खानेपानी आयोजना समेत निर्माण हुन गइरहेको छ । सो आयोजना निर्माण पछि करिब ४ हजार परिवार लाभान्वीत हुने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *