२३ बर्षिय यूवाले चलाए बडीकेदारमा सरसफाइ अभियान (भिडियो सहित)

पाँजलो न्युज
२५ फागुन २०८० १५:३४
२३ बर्षिय यूवाले चलाए बडीकेदारमा सरसफाइ अभियान (भिडियो सहित)

बडीकेदार – जन्मदिनको अवसर पारेर धनगढीमा सुरू सरसफाइ अभियान डोटीका एक २३ बर्षिय यूवाले बडीकेदारसम्म फैलाएका छन् । बडीकेदार गाउँपालिका वडा नं. ४ मान्नाकापडी घर भएका बिशाल ताडीले शुक्रबार सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल बडीकेदारमा सरसफाइ गरेका छन ।

ताडीले शिवरात्रीको अवसरमा आफ्नो नियमित अभियान अन्तगत सरसफाइ गरिएको जानकारी दिए ।‘जन्मदिनमा फजुल खर्च गर्नु भन्दा समाजलाइ हित हुने अभियान गरौं भनेर गतबर्ष धनगढीबाट सरसफाइ अभियान सुरू गरेको थिए’, ताडीले भने, ‘पढाइ पुरा गरेर गाउँमै बसेकाले बडीकेदारमै केही समययताबाट सरसफाइ अभियान चलाइरहेको छु ।’ शुक्रबार बडीकेदार धाममा गरिएको सरसफाइ अभियानमा उनका साथी बीर बहादुर कोटकेनीले पनि साथ दिएका थिए ।

उनले ‘हरेक शनिवार सफा बार’ भन्ने नारा सहित अभियान चलाइरहेका छन । बडीकेदार गाउँपालिकाको वडा नम्बर ४ मा रहेको स्थानीय काउले बजार, वडा नम्बर २ मा रहेको स्थानीय खड्यौली बजार र वडा नम्बर ५ मा रहेको अत्तरकाडा बजार लगायत विभिन्न गाउँ, टोल मठ मन्दिरमा समेत सरसफाइ अभियान सञ्चालन गर्दै आएका छन ।  सरसफाइ अभियानलाई पालिका स्तरका विभिन्न स्थानहरूमा सञ्चालन गरिने ताडीले बताए ।

पहिल्यैदेखि बडीकेदार धाममा सरसफाइ गर्ने योजना रहेपनि हिमपातका कारण इच्छा पुरा नभएकाले शिवरात्रीको अवसर पारेर अभियान चलाएको ताडी बताउँछन् । सरसफाइमा आफै खटिने ताडी साथि भाइ र समाजका अगुवाहरूलाइ समेत अभियानमा जुट्न अपिल गर्छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी बडिकेदार गाउँपालिका सभापती तथा रनुकाँडा युवा क्लबका अध्यक्ष समेत रहेका ताडीले आफ्नो व्यक्तिगत रूपमा संचालन गरिएको अभियानले सन्तुष्टी मिलेको सुनाउँछन । ताडीले कैलाली बहुमुखि क्याम्पस धनगढीबाट स्नातक गरेका छन ।

बडिकेदार धाममा सरसफाई अभियान संचालन गरेकोमा खुसि व्यक्त गर्दै बडिकेदार क्षेत्र पर्यटन बिकास तथा ब्यबस्थापन समितिका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले अभियन्ता ताडीलाइ धन्यबाद व्यक्त गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *