देउरडीमा ४ सय ८६ जनाले निशुल्क स्वास्थ्य सेवा लिए

पाँजलो न्युज
१२ फागुन २०८० १२:२९
देउरडीमा ४ सय ८६ जनाले निशुल्क स्वास्थ्य सेवा लिए

डोटी– के.आई.सिंह गाउँपालिकाको वडा नं. ३ देउरडीमा संचालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय ८६ जनाले सेवा लिएका छन् । वडा नं. ३ देउरडीमा रहेको चण्डीका बोर्डिङ्ग स्कुलको आयोजना तथा सुजङ्ग अस्पतालको सहयोगमा शनिबार शिविर संचालन गरिएको थियो ।
विद्यालयको १३ औं बार्षिकोत्सवका अवसरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको विद्यालयका संचालक विर बहादुर कुँवरले बताए । कुँवरका अनुसार निशुल्क शिविरमा ३ सय २३ महिला र १ सय ६३ पुरुषले सेवा लिएका छन् ।

तस्विर साैजन्य  – डिएल पार्की

शिविरमा भिडियो एक्सरे, इसिजी सेवा सहित विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण गरिएको थियो । सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले १ सय ६० जनाले भिडियो एक्सरे, ५१ जनाले इसिजी सेवा लिएका थिए । ग्याष्ट्रीक, दम, हाडजोर्नी तथा स्त्रीरोग सम्बन्धी समस्या भएका विरामीहरु उपचारका लागि बढी आएका थिए । सेवा पाएपछि स्थानीयबासिन्दा भने खुसी भएका छन् ।
शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *