नवोदय आ.वि.को  बार्षिकाेत्सब सम्पन्न

एकिन्द्र चन्द
१२ फागुन २०८० ११:०२
नवोदय आ.वि.को  बार्षिकाेत्सब सम्पन्न

डोटी- बडिकेदार गाउँपालिका वडा नम्बर ५ धारीमा रहेको नवोदय आधारभुत बिधालयको दोस्रो बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ ।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष कलम बहादुर बोहराको सभापत्तित्वमा  सम्पन्न भएको कार्यक्रममा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ का  वडा  अध्यक्ष खेम बहादुर घर्तिमगर प्रमुख अतिथि रहनुभएको थियो ।

बिधालयले वडा स्तरीय खेलकुदमा पदक जित्ने बिद्यार्थीहरुलाइ  पुरस्कार समेत बितरण गरेको थियोे । कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खेम बहादुर घर्तीमगरले बिद्यार्थीले अनुशासन, अभिभावकले आफ्नो दाइत्व र शिक्षकले आफ्नो कर्तव्य निष्ठा पुर्ण रुपमा पालना गर्न सक्ने हो भने बिधालयले राम्रो उन्नति र प्रगती गर्न सक्ने बताउनु भयो ।

बिधालयको भौतिक प्रगतिमात्र नभएर बिधालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्नु पर्ने र यस कार्यमा सबैले सहयोग गर्न सक्ने हो  भने सम्भब हुने बडिकेदार गाउँपलिकाका शिक्षा युबा तथा खेलकुद शाखाका प्राश चक्र ऐरले बताउनु भयो ।

बिधालयका प्राधानाध्यापक देब बहादुर बिष्टले एक बर्षको अबधिमा भएका प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो भने । विभिन्न समस्याहरुको बारेमा सम्बन्धि निकायलाइ जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष
कलम बहादुर बोहराले बिधालयमा बाल शिक्षाको कमि रहेकाले बिधालयलाई बाल शिक्षाको कोटा थप गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा डेउडा लगायत विभिन्न सास्कृतिक कार्यक्रम गरिएको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *