प्रीय राजधानी

सरिता कठायत
५ फागुन २०८० १७:४२
प्रीय राजधानी

तिमीलाई गुमाए पछिका अनौठा अनुभुती

अनेकौं प्रश्न

चिया पसल होस् वा सैलुनमा होस्

खुब तारिफमा छौं

खै कुन्नि किन यति धेरै तारिफ हुन्छ होला !

मलाई जान्न असाध्यै रहर लागिरहन्छ

के तिमीलाई थाहा छ ?

तिम्रो बसाइँ सराई हुनुको कारण

अहँ पक्कै पनि थाहा नहोला है

कति शालीन स्वभाव छ तिम्रो

एउटा कुरा थाहा छ तिम्रो बसाइँसराइ सँगै

कयौं मानिसहरूले राजनीतिक पद पायो नि

राजनीतिक नसामा तिम्रो बसाइँसराइ गरियो नि

साच्चिकै तिमी कति महान छौं है

तिमीले अरूका खुसीका लागि

बसाइँसराइ हुनुपरेको

त्यो पलको याद

सायद तिमीलाई पनि कसो नआउँला र !

तिम्रो स्थान बिनाको बसाइँसराइ

कहालिलाग्दो छ नि

हेरत तिमीसँगै बसाइँसराइ भएका राजधानीका त नामाकरण भएर किशोरावस्थामा समेत पुगिसकेका छन्

तर तिम्रो भने बासस्थान पनि छैनन्

कति मन दुखिरहेको होला है तिम्रो

सुनन् तिम्रो बसाइँसराइ सँगै डोटेलि जनता कति रूएका थिए

हुन्त तिमीलाई यो कुरा केथा है

हाम्रो हजुरबुबा हजुरआमाहरूको पालामा गरिने विवाह र पराइ घरमा जादा समेत थाहा हुन्थेन रे हो त्यसरी तिमीलाई  कुन्नि कुनबेला लगियो पत्तो पनि थिएन नि डोटेलि जनतालाई ।

डोटेलि  सर्वसाधारण जनताले तिमी फर्किनु पर्छ भनेर

लामो समयसम्म आन्दोलन समेत गरेका हुन नि

कयौं मानिस त घाइते समेत भएका थिए ।

दुर्भाग्यवश तिमीलाई डोटेलिले चाहेर पनि फर्काउन सकेन  !

प्रिय् राजधानी तिमी जहाँ छौं जस्तो अवस्थामा छौं असाध्यै पिडाबोध अवस्थामा छौं भनेर हामीले महसुस गरेका छौं नि

तिम्रो बसाइँसराइ सँगै डोटीका लागि कालो दिनको सुरूवात भएको थियोे ।

हुन्त तिमीलाई अब के माया डोटेलिको जसले आफ्नै जन्मदातालाई पदमा बेचिदिए

जसले आफ्नो स्वार्थका लागि तिम्रो नाम नै मेटाई दिए

उफ्फ तिमीलाई त कति रिस छ नि है

तर तिमीले

माया गरेको भन्दा बढी

माया गर्छन् नि

डोटेलि सर्वसाधारणहरूले

तिम्रो बसाइँसराइ सँगै

डोटीका संरचना हराए,

डोटीको इतिहास मेटियो,

डोटेली सर्वसाधारणका पेटमा लात हानियो

डोटेली सर्वसाधारण जनतालाई टुहुरो बनायो

तर पनि तिमी अझै कहाँ छौं अत्तोपत्तो छैनन् है

तिमीलाई एउटा कुरा भन्छु ल सुटुक्क

कान थापेर सुन्नुनी फेरि

ठुलाबडा नेताहरूले पनि त तिमीलाई सम्झेका हुन्छन् नि

तर कुन बेला भनम

जतिबेला चुनाव हुन्छ नि डोटीमा

स्थानीय चुनाव होस्

वा प्रदेश संघको चुनाबका बेला

तिमीलाई हिक्क हिक्क बाडुल्कि लाग्छ होला

हो त्यहीँ बेला अहोरात्र सम्झिएका हुन्छन् हाम्रा नेतागणहरूले

के भन्छन् थाहा छ तिम्रो जन्मस्थानमै फर्काउने रे

तिमी जादा रूएका डोटेलीका ओठमा हासो ल्याउने रे

तिमी गएपछि भत्किएका संरचनाको मुहार फेर्ने रे

प्रिय राजधानी तिमीलाई के यी हास्यास्पद

कुरामा बिस्वास छ ?

सुनन कहिलेकाहीँ त सपनिमा पनि आऊ ल

तिम्रो हालखबर केछ

केही त भन पिलिज

तिमी यसरी गुबचुक भएको अहँ कति पनि सुहाएन नि

तिम्रो बसाइँसराइ अथवा बासस्थान कैलालीको गोदावरीमा हुने खुब चर्काचर्की हल्ला थियो नि

तर तिमीलाई खोज्न कति आए अहँ कतै भेटाइन

गोदावरीको ओरालो लाग्दै गर्दा

यी आँखाले तिमीलाई मात्रै खोजेको हुन्छ

तर कतै भेटिदैनौं

पिलिज कहाँ  छौं भनन प्रिय राजधानी

 

हुन्त तिम्रो बासस्थान

त्यो ठाउँमा भए पो

तिमी भेटिन्थेऊ होला है

म पनि कस्तो अन्जान

जसको बासस्थान

अथवा

अनागरिक जस्तै बनायो

हाम्रो नेताहरूले उसकै खोजिमा लागरहेको

उफ्

अब त केही बोलन् तिमी यसरी चुपचाप भएर कहिलेसम्म बस्छौं ?

कति अत्याचार सहेर बसेको छ्या यस्तो त भएन नि

मेरो अन्तिम चाहाना तिम्रो बासस्थान हेर्ने छ

अब चुप भएर नबस

तिमीले केहि न केही बोल्नुपर्छ

 

हाम्रो साथ तिम्रा लागि जहिल्यै हुनेछ

तिमी एक्लो पक्कै होइनन्

तिमीलाई पदमा साट्न पो एक्लो बनाएको होनि

प्रिय राजधानी मिस यु ल ।

प्रतिक्रिया

2 thoughts on “प्रीय राजधानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *