डोटी– के.आई.सिंह गाउँपालिकाले टोल विकास संस्था गठन गर्ने भएको छ । टोलस्तरबाटै योजना तर्जुमा तथा निगरानी बढाउन यसै आर्थिक बर्षभित्र ७ वटै वडामा टोल विकास संस्था गठन गरिने गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए ।
टोल विकास संस्था गठन भएपछि नागरिक निगरानी, पारदर्शिता र जवाफदेहितामा सकरात्मक प्रभाव बढेर के.आई.सिंह सरकारलाई सहयोग पुग्ने अध्यक्ष शाहीले बताएका छन् । टोल बिकास गठन तथा परिचालनको पूर्व तयारीका लागि के.आई.सिंह गाउँपालिकाले सोमबार जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि अभिमूखिकरण कार्यक्रम संचालन गरेको थियो ।
सो अभिमुखिकरण कार्यक्रममा टोल बिकास गठन तथा परिचालन सम्बन्धी कार्यविधीको मस्यौदा माथि छलफल समेत भएको उपाध्यक्ष मिनादेवी विष्टले जानकारी दिइन् । उनले छलफल भएको मस्यौलालाई फागुन मसान्तभित्रै कार्यपालिकाबाट पारित गरि कार्यान्वयन गर्ने बताइन् । सोमबार नै जनप्रतिनिधी र कर्मचारीहरुले टोल विकास संस्था गठन तथा परिचालनका लागि कार्ययोजना समेत बताए । कार्ययोजना अनुसार यसै चालु आर्थिक बर्षभित्र संस्था गठन देखि संस्थाका पदाधिकारीहरुको क्षमता विकासका लागि अभिमुखिकरण गर्ने उल्लेख गरिएको छ ।
समुदायको सशक्तिकरणका लागि टोल विकास संस्था वडा कार्यालयमा दर्ता गरि विभिन्न सामाजिक कार्यमा संलग्न बढाउन सकिने सहजकर्ता देवेन्द्र प्रसाद गुरुङ्गले बताए । अभिमुखिकरण कार्यक्रम न्यायका लागि संचार नेपालले सहजीकरण गरेको थियो ।
प्रतिक्रिया