डोटी– ७२ बर्षिय तेज वहादुर लिम्बुले आमाबुवाको मुहारै हेर्न पाएनन् । झापाको गैंडे मैदार भन्ने क्षेत्रमा जन्मेका उनी २४÷२५ बर्षे उमेरमा सडकको ज्याला मजदुरी गर्ने क्रममा कोरियनसंगै डोटीसम्म आईपुगे ।
उनी मिस्त्रीको काम गरेर के.आई.सिंह गापा वडा नं २ तिखात्तर लेकगडामा बेवासिसे जीवन बिताईरहेका छन् ।
पहिचान खुल्न नसकेका कारण नागरिकता समेत बनाउन नपाएका उनी ३ दशक भन्दा बढी लेकगडामै पिडादायी जिवनयापन गरिरहेका छन् । उनी एक पटक आफ्नो पुख्र्यौली थलो झापा गएर फर्कन चाहन्छन् ।
नागरिकता भइदिएको भए सामाजिक सुरक्षा भक्ता पाउनसक्ने आश उनीमा छ । तर आफ्नो वेवारिसे जीवनका कारण नागरिकताका लागि कानुनी प्रकृया पु¥याउन उनलाइ फलामको चिउरा चपाए सरी छ । बाँकी भिडियोबाटै…
प्रतिक्रिया