शिखर नगरपालिकाले केदारेश्वर माविमा कुप्रथा न्यूनीकरण सम्बन्धि ४ सय बढी बालबालिका सँग गर्‍यो एक दिने कार्यक्रम

सरिता कठायत
२२ माघ २०८० १३:४८
शिखर नगरपालिकाले केदारेश्वर माविमा कुप्रथा न्यूनीकरण सम्बन्धि ४ सय बढी बालबालिका सँग गर्‍यो एक दिने कार्यक्रम

सरिता कठायत

डोटी : डोटी जिल्लाको शिखर नगरपालिकाले केदारेश्वर माविमा कुप्रथा न्यूनीकरण सम्बन्धि ४ सय बढी बालिकाहरू सँग एक दिने कार्यक्रम गरेको छ । शिखर नगरपालिका १ मा रहेको केदारेश्वर माध्यमिक बिद्यालयमा बालविवाह,बहु विवाह,बोक्सी तथा छाउपडी जस्ता कुप्रथा न्यूनीकरण सम्बन्धि एक दिने कार्यक्रम गरेको हो । विद्यार्थीहरूलाई किताबी ज्ञान सँगै समाजमा हुने कुप्रथाका बारेमा पनि अग्रसर गर्नका लागि सो कार्यक्रम गरिएको थियोे । बिद्यालयमा पढ्नु मात्रै ठुलो कुरा होइनन् सुन्दर भविष्यको बारेमा पनि चिन्ताजनक भएर लगनशील विद्यार्थी हुनुपर्छ शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताएका छन् । उनले नगरपालिका बिद्यार्थीहरूको अभिभावक हो र नगर परिवार सधैं साथमा रहने कुरा बलायरले बिद्यार्थीहरू माझ राखेका थिए । हाम्रो समाजमा बालविवाह,बहुविवाह,बोक्सी आरोप तथा छाउपडी प्रथालाई न्यूनीकरणका लागि बिद्यार्थीहरूको पनि ठुलो भुमिका हुने भएकोले बिद्यार्थीहरूमा सो कार्यक्रमको आयोजना गरिएको शिखर नगरपालिका नगर उपप्रमुख सुनिता रावल जोराले जानकारी गराइन्  । बिद्यार्थीहरूले यस्ता कुप्रथाका बारेमा आफू सचेत हुने र आ आफ्नो घरपरिवारलाई पनि सचेत गराउनुपर्नेमा अनुरोध समेत रावलले गरेकी थिन् । नगरपालिकाले बिद्यालयमा जुन कुप्रथा न्यूनीकरण कार्यक्रम आफ्नो बिद्यालयमा गरेकोमा केदारेश्वर माविका प्रअ गगन बहादुर कार्कीले धन्यवाद दिनुका साथै आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रम बिद्यालयमा ल्याउन समेत उनले आग्रह गरेका छन् । कार्यक्रम समापनमा बोल्दै नगरपालिकाले बिद्यालयमा जुन कार्यक्रम गरियो त्यो एकदमै प्रभावकारी रहेको शिखर नगरपालिका वडा नम्बर १ का  कार्यवाहक वडा अध्यक्ष महेश्वर प्रसाद जोशीले बताए ।त्यस्तै बालविवाह,बहुविवाह,बोक्सी तथा छाउपडी कुप्रथाका बारेमा र कानुनी कुराहरू विद्यार्थीहरूलाई  शिखर नगरपालिका गैसस संयोजक हर्क बहादुर बलायरले कार्यक्रममा छलफल गरेका थिए । कार्यक्रममा शुभकामना  मन्तव्य केदारेश्वर माविका शिक्षक गोविन्द प्रसाद जोशिले राखेका हुन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *