पानी छोएको आरोपमा दलित यूवकमाथि कुटपीट

पाँजलो न्युज
१५ माघ २०८० ५:४३
पानी छोएको आरोपमा दलित यूवकमाथि कुटपीट

डोटी– होटलमा पानी छोएको आरोपमा एक दलित यूवकमाथि आइतबार दिउसो कुटपीट भएको छ । केआईसिंह गाउँपालिका वडा नं. ४ धामीगाउँ धाराखोलाका व्यापारी इश्वर धामीले युवकलाइ कुटपीट गरेका हुन् ।
सोही वडाको लेककोट बस्ने रमेश भुललाइ नास्ता खान होटलमा गएका बेला दलितले पानी किन छोएको भन्दै थप्पड हानेका थिए ।

६० बर्षिय इश्वर धामी विरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडीत पक्ष न्यायका लागि प्रहरी कहाँ गएका छन् । पीडीत रमेश भुलले आफुमाथिमात्र नभएर सिंगो दलितजाती माथिको अपमान भएको भन्दै कानुनी न्याय लड्ने बताएका छन् । ‘पानी पीउन पसलमा राखेको जर्किनबाट ओसार्दै थिए, उनले एक्कासी थप्पड हाने’, पीडीतले भने, ‘किन हान्नु भएको भन्दा दलित भएर पानी किन छोइस भन्दै थप कुटपीट भयो ।’
जातिय विभेदको घटना इलाका प्रहरी कार्यालयले हेर्न नमिल्ने भन्दै वायल प्रहरी चौकीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय सिलगढी पठाएको इन्चार्ज मानसिं भणडरीले बताए ।

इकाला प्रहरी कार्यालय वायलका इन्चार्ज असइ मान सिं भण्डारीले पानी छोएको निहुँमा कुटपीट गरेको भन्दै रमेश भूल आइतबार बेलुकी आएको बताए । असइ धामीका अनुसार दुवै पक्ष मदिरा सेवन गरी बेलकीपख आफुकहाँ आएका भएपनि सोमबार सिलगढी पठाइएको जानकारी दिए ।

प्रत्यक्षदर्शीले समेत जातीय आरोप लगाउँदै धामीले कुटेको स्वीकारेका छन् । यद्यपी सामान्य घटना भन्दै गाउँमै सहमती गर्नका लागि पीडीत पक्षलाई दबाब आइरहेको दलित अगुवाहरुको गुनासो छ ।
‘२१ औं शताव्दीमा आइपुगेर पनि यस प्रकारको निकृष्ट व्यवहार सह्य हुन सक्दैन’, केआईसिंह ४ वायलका दलित अगुवा बसन्त विकले आक्रोस व्यक्त गर्दै भने, ‘होटलमा समेत दलितले पानी पीउन नपाउने ? कुन हदसम्मको अपमान हो ।’ उनले जातियताका आधारमा हुने थिचोमिचो र अन्यायविरुद्ध सडक आन्दोलनमा समेत उत्रने चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *