१४ औं राष्ट्रपति रनिंग शिल्ड

मन्त्रीकै अघि पोखे खेलकुदका व्यथा

पाँजलो न्युज
१५ माघ २०८० २:४९
मन्त्रीकै अघि पोखे खेलकुदका व्यथा

डोटी– आइतबारबाट दिल्पेश्वर खेलमैदानमा तामझामका साथ १४ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता सुरु भएको छ । प्रदेश सरकारका भौत्तिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउबाको प्रमुख आतिथ्यता तथा डोटीबाट प्रदेश सभा सदस्यमा निर्वाचित सभासद शिव सिंह ओली, चक्र मल्ल , जिल्ला समन्वय समिति तथा पालिकाका प्रमुख उप प्रमुख लगायतको भव्य उपस्थितीमा उद्घाटन शत्र सुरु भयो ।
भव्य उपस्थितीका विच सुरु उद्घाटन शत्रमा खेलकुद क्षेत्रका विभिन्न पिडा र व्यथा भने खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले पोखे ।

उनले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको प्रारुप नै त्रुटीपूर्ण रहेको भन्दै असन्तुष्टी व्यक्त गरे । संघिय सरकारले पालिकाहरुलाई राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताका लागि दिने शसर्त अनुदान एक लाख रुपैयाँ दिनुभन्दा नदिनु नै उपयुक्त रहेको बताए । ‘१ लाख रुपैयाँ दिनुभन्दा नदिनु नै उपयुक्त जस्तो लाग्छ ’, अध्यक्ष शाहीले भने, ‘बरु त्यो रकम विद्यालयहरुमा पठाइदिए कम्तीमा पालिका स्तरका प्रतियोगीतामा भाग लिन खेलकुद सामाग्री खरिद गरेर अभ्यास गर्न त पाइन्छ ?’


खेलकुद विकास समितिलाई जिल्लास्तरका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताका संचालनका लागि प्रदेश सरकारले दिएको ४ लाख २० हजार रुपैयाँ बाहेक अन्यत्रबाट ५ हजार रूपैयाँपनि नआएको बताए । ‘यस्तो अवहेलना पूर्ण बजेटबाट कसरी खेलकुद क्षेत्रको विकास हुन्छ, खेलकुद समितिको कार्यालय छ तर कोड छैन’, उनले व्यथा पोख्दै भने, ‘एउटा क्लव गठनका लागि विगतमा जिल्लामै हुने व्यवस्था अहिले प्रदेशमा जानुपर्ने बाध्यता बनाइएको छ । बोगटानका खेलाडीहरुले जाबो क्लव गठनका लागि २० औं हजार खर्च गर्न सकिने अवस्था छ ।’ अध्यक्ष शाहीले प्रदेश सरकारको क्लव गठन सम्बन्धी कानुनी व्यवस्था तत्कालै संशोधन गर्नुपर्ने माग राखे ।

सोही कार्यक्रममा गाउँपालिका अध्यक्षका तर्फबाट केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले प्रत्येक गाउँपालिकामा खेलमैदानको अभावमा खेलाडी उत्पादन हुन नसकिरहेको बताए । उनले मुस्किलले भलिबल मात्र खेल्न सकिने मैदान रहेकाले क्रिकेट खेलमैदानका लागि प्रदेश सरकारको सहयोग हुनुपर्ने माग राखे । पालिकाहरुको बजेट र सामथ्र्यले मात्र खेलमैदान निर्माण गर्न नसकिने उनको जिकिर थियो ।
उता दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बहुउद्देश्यीय कर्भडहलमा र खेलमैदानका लागि नगरपालिकाले काम गरिरहेको भएपनि प्रदेश सरकारबाट अन्य पूर्वाधारमा सहयोग आवश्यक रहेको बताए । पूर्वाधारहरु भएमा जिल्लाका खेलाडीभित्र मात्र प्रतिस्पर्धा नभइ राष्ट्रिय खेलाडी समेत उत्पादन हुने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले खेलसंगै पर्यटन र कृषि क्षेत्रलाई लैजानुपर्ने सुझाव दिए । सिंहले विदेश पलायन भइरहेका युवाहरु रोक्न प्रदेश सरकार गम्भिर हुनुपर्ने औंल्याए ।
प्रदेश सभा सदस्य चक्र बहादुर मल्लले प्रदेश सरकारले खेलकुद क्षेत्रमा विनियोजित गरेको बजेट अत्यन्तै न्यून रहेको आरोप लगाए । विश्वमा खेलमार्फत समृद्धि भइरहेका बेला नेपालमा खेल क्षेत्रलाई अपहेलना गरेको आरोप लगाउँदै मल्लले सुदूरपश्चिम पनि खेलकुदमा सम्भावना बोकेको क्षेत्र भएकाले स्थानीय तहदेखि प्रदेश सरकार चिन्तित हुनुपर्ने बताए ।

अर्का प्रदेश सभा शिव सिं ओलीले विद्यालय देखि ओलम्पीक सम्मको सुदूरपश्चिम सरकारको नीति रहेकाले सो कुरालाई कार्यान्वयन गर्नुपर्ने बताए । पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउबाले सुदूरपश्चिम खेलकुदको उर्वर भूमी रहेको बताए । राष्ट्रिय स्तरका खेलहरुमा सुदूरपश्चिमकै खेलाडीहरुको सहभागिता रहेको बताउदै मन्त्री देउबाले खेलकुद क्षेत्रको विकासका लागि दर्जनौ कार्यक्रम लागु भएको बताए । खेलमैदान निर्माण देखि खेलाडी उत्पादनका लागि विभिन्न प्रतियोगीता आयोजना भइ रहेकोमा जोड दिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *