स्वमूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट बन्यो डोटीको आदर्श गाउँपालिका

सरिता कठायत
११ माघ २०८० ४:३९
स्वमूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट बन्यो डोटीको आदर्श गाउँपालिका

सरिता कठायत

डोटी : डोटी जिल्लाको आदर्श गाउँपालिका स्वमूल्याङ्कन (लिजामा) सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट पालिका बनेको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजामा) आदर्श गाउँपालिका उत्कृष्ट बनेको हो ।
सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा ९५.५ अङ्क हासिल गरेर आदर्श गाउँपालिका प्रदेशकै उत्कृष्ट पालिका बन्न सफल भएको छ । प्रदेशकै उत्कृष्ट पालिका बन्नमा पालिकामा कार्यरत सबै कर्मचारीहरूको ठुलो मेहनत छ आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायले बताइन् । उनले आफ्नो पालिकामा अहोरात्र खटेर लिजामा उत्कृष्ट पालिका बनाउन सफल सबै कर्मचारीहरूलाई बधाई समेत रोकायाले दिएकि छन् । आगामी दिनमा पनि यसरी नै सफल कार्यमा हातेमालो गर्न पालिकामा कार्यरत सबै कर्मचारीहरूलाई अनुरोध समेत उपाध्यक्ष रोकायाले गरिन् । यस्तै ९१ अङ्क प्राप्त गरेर डडेल्धुराको भागेश्वर गाउपालिकाले दोस्रो स्थान हासिल गरेका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *