स्व. हरिप्रसाद पन्तको स्मृतिमा अक्षय कोष स्थापना

पाँजलो न्युज
११ माघ २०८० ०:२३
स्व. हरिप्रसाद पन्तको स्मृतिमा अक्षय कोष स्थापना

डोटी– शिक्षा क्षेत्रको सुधारका लागि लामो समय सामाजिक कार्यकर्ताका रुपमा जीवन विताएका स्व. हरि प्रसाद पन्तको स्मृतीमा अक्षयकोष स्थापना गरिएको छ ।

सामुदायिक विकास केन्द्र डोटीका संस्थापक समेत रहेका पन्तको स्मृतीमा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कार तथा सम्मान गर्ने उदेश्यले अक्षयकोषको स्थापना गरिएको हो । सामुदायिक विकास केन्द्र डोटी अध्यक्ष हेमराज जोशी ले आफ्नो जन्म दिनको अवसरमा अक्षयकोषको घोषणा गर्दै आफ्नो व्यक्तिगत तर्फबाट रु २५ हजार रुपैया सहयोग  गरि सुरूवात  गर्नुभएको छ ।

अध्यक्ष जोशीले सो कोषमा बर्सेनि कुनै उत्सब महोत्सब र दिवसमा सहयोग रकम थप्दै जाने र अन्य दाता संग पनि सहयोगका लागि अनुरोध गरेका छन् । ‘राष्ट्रिय , प्रदेश, जिल्लास्तर र बिद्यालय स्तरमा सार्बजनिक शिक्षाक्षेत्रमा योगदान गर्ने शिक्षक, ब्यबस्थापन समिती, सामाजिक संस्था, ब्यक्ती लाई पुरस्कृत गरि प्रोत्साहन गरिनेछ’, अध्यक्ष जोशीले सहयोग रकम घोषणा गर्दै भने,‘ यस कोषमा जम्मा भएको रकम बाट जिल्लामै  उत्कृष्ट शिक्षक , विद्यालय व्यवस्थापन समिति तथा एस .ई ई मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी लाई प्रोत्साहन स्वरुप सम्मान गर्ने छौं ।’

अक्षय कोषमा सामुदायिक विकास केन्द्रका कार्यसमिति पदाधिकारी, कर्मचारीले र अन्य दाताले आफ्नो जन्म दिन लगायत अन्य कार्यका अवसरमा योगदान गर्ने छन् भने अन्य सबैले आफ्नो तर्फ बाट योगदान गर्ने आग्रह गरिएको छ ।

स्व. पन्तले शिखर नगरपालिकाको उच्चाकोटमा सामुदायीक बिकास केन्द्र नामक गैरसरकारी संस्था  २०४९ स्थापना गरि विभिन्न शैक्षिक अभियान संचालन गरेका थिए । सो संस्थाले स्वस्थ, शिक्षित, स्वशासित, उत्थानशील, समतामुलक र समृद्ध समाज भन्ने परिकल्पना आत्म साथ गर्दै ग्रामिण तथा सिमान्तकृत क्षेत्रमा बसोवास गर्ने आर्थिक सामाजिक रुपमा विकासको मुल प्रवाहवाट वहिष्करणमा परेका वर्ग र समुदायको  लागि शिक्षा, स्वास्थ्य, विपद जोखिम न्यूनीकरण, खानेपानी सरसफाई, पोषण र आय आर्जनका कृयाकलापहरु डोटी लगायत विभिन्न जिल्लामा संचालन गरिरहेको छ ।

स्व. पन्तको २०७९ जेठ ११ गते कैलालीमा मृत्यू भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *