आदर्श गाउँपालिकामा माटो परिक्षण, स्थानीय खुसी (भिडियो सहित)

पाँजलो न्युज
८ माघ २०८० ६:३८
आदर्श गाउँपालिकामा माटो परिक्षण, स्थानीय खुसी (भिडियो सहित)

डोटी–आदर्श गाउँपालिकामा माघ ७ गतेबाट घुम्ती माटो परिक्षण शिविर सुरू भएको छ ।२ दिनसम्म चल्ने सो शिविरमा वडा वडामा गइ किसानका खेतबारीबाट माटो संकलन गरि परिक्षण भएको छ । आदर्श गाउँपालिकामा पहिलो पटक यसरी माटो परिक्षण शिविर संचालन भएको हो ।

आदर्श गाउँपालिकाको आयोजना, कृषि विकास निर्देशनालय राजपुरको समन्वय र माटो तथा मल परिक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा शिविर संचालन भएको हो । जमिनको अवस्था र गुण थाहा पाइ सो अनुसार सुधार गर्न सहज होस भन्ने उदेश्यले माटो परिक्षण गरिएको  माटो तथा मल परिक्षण प्रयोगशाला कञ्चनपुरका सहायक प्राविधीक रमेश प्रसाद ओझाले बताउनु भयो ।

माटोको उपचार र संरक्षणबारे सुदूरपश्चिममा धेरै किसान अझै पनि अनभिज्ञ रहँदै आएका छन् ।

उक्त माटो परिक्षण घुम्ती शिविरमा ४ सय भन्दा बढी किसानले माटो परिक्षणका लागि ल्याएको आदर्श गाउँपालिका उपाध्यक्ष लक्ष्मी रोकाया धामीले जानकारी दिनु भयो । दिन प्रतिदिन बसाइसराइ समस्याले ग्रसित भइरहेको गाउँपालिकामा कृषिसम्बन्धी विभिन्न समस्या भइरहेको बताउदै उपाध्यक्ष रोकायाले माटो परिक्षणबाट आएको नतिजाका आधारमा आदर्श गाउँपालिकाले सहयोग गर्न तयार रहेको बताउनु भयो ।

घुम्ती शिविरको अनुगमन गर्न पुगेका जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले आदर्श गाउँपालिकालाइ समृद् बनाउन किसान, जनप्रतिनिधी र कर्मचारी मिलेर पालिकाको बजेटलाइ सही सदुपयोग गर्नु पर्ने सुझाव दिनु भयो ।

कृषि विकास निर्देशनालय राजपुर डोटीका निर्देशक यज्ञराज जोशीले माटो परिक्षण पछि खेतबारी सुधार्न किसान जुट्न पर्ने बताउनु भयो । कृषि क्रान्ति गर्नु पर्ने सुझाव दिदै निर्देशक जोशीले आदर्श गाउँपालिकाले कृषिलाइ प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो ।

पहिलो पटक गाउँमै चलेको शिविरमा माटो परिक्षण  गर्न पाएपछि स्थानीयबासिन्दामा खुसियाली छाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *