उपाध्यक्ष बिष्टलाई मातृ शोक

पाँजलो न्युज
३ माघ २०८० १०:५४
उपाध्यक्ष बिष्टलाई मातृ शोक

डोटी– केआईसिंह गाउँपालिका उपाध्यक्ष मिना बिष्टलाई मातृ शोक परेको छ । भारतको खटिमामा उपचारका लागि लगेकी ७७ बर्षिया देवादेवी रानाको हृदयघातबाट बुधबार दिउँसो मृत्यू भएको हो । ७७ बर्षिया रानाको शरिर केही दिन अघिबाट प्यारालाइसिस भएको थियो ।

उपचारका लागि उपाध्यक्ष बिष्ट , उनका भाइ एवम् सरस्वती माविका प्रधानाध्यपक मिन राना खटिमामा संगै गएका थिए । केही दिन अघि उपचारका लागि लगेकी आमाको स्वास्थ्यमा सुधार हुँदै गएको भएपनि शौचालय जानेक्रममा एक्कासी हृदयघात भएपछि मृत्यू भएको प्रधानाध्यपक रानाले बताए ।  अहिले शब नेपालको सिमानानाका गड्डाचौकी पु¥याइसकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *