डाेटीमा  जैविक विविधता दिवस मनाईयाे

पाँजलो न्युज
२ माघ २०८० १६:५२
डाेटीमा  जैविक विविधता दिवस मनाईयाे

डाेटी- जाेरायल गाउँपालिका वडा नं १ गैरागाउँका स्थानीय बासिन्दा रैथाने बानीनाली संरक्षणमा जुटेका छन् । बिगत १५ बर्षदेखि यस अभियानमा जुटेका स्थानीयले हालसम्म स्थानीय स्तरमा पाईने ७२ प्रकारका  रैथाने बाली संरक्षण गर्न सफल भएका छन् ।

मंगलबार दाेस्राे राष्ट्रिय कृषि जैविक विविधता दिवसकाे अवसरमा स्थानीयले रैथाने बालीनाली  तथा खाधान्नका परिकार प्रदशनीमा  राखेका थिए ।

जाेरायल गाउँपालिका वडा नं १ गैरागाउँ स्थित जैविक विविधता संरक्षण कृषि सहकारीकाे आयाेजना तथा कृषि विकास निर्देशनालय राजपुर, कृषि ज्ञान केन्द्र डाेटी , जाेरायल गाउपालिका तथा लि वर्ड संस्थाकाे सहयाेगमा मनाईएकाेे जैविक विविधता दिवसमा १ सय २ प्रकारका रैथाने बालीनाली र खाधान्नका परिकार प्रदशनीका लागि राखेका थिए ।

सहकारीका अध्यक्ष कविराम डाँगीकाे सभापतित्व तथा जाेरायल गाउपालिका अध्यक्ष दुर्गादत्त ओेझा प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक यज्ञरमज जाेशी, कृषि ज्ञान केन्द्र डाेेटीका प्रमुख गंगा अवस्थी, लि- वर्ड संस्थाका परियाेेजना प्रमुख ईन्देश्वर मण्डल लगायत स्थानीयकाे सहभागिता रहेकाे थियाे ।
पछिल्लाे समय ७५ प्रतिशत रैथाने बाली लाेप भईसकेका छन् ।

गाउपालिका अध्रैयक्ष दुर्गादत्त  ओेझाले रैथाने बालीहरूकाे आफ्नै महत्व रहेकाेले तिनकाे संरक्षणमा गाउँपालिका समेत हातेमालाे गर्न तयार रहेकाे बताए । उनले गाउँपालिका कृषि सम्बन्धि १० बर्षे  रणनीति बनाइरहेकाले त्यसका आधारमा किसानहरूलाइ थप सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

कृषि निर्देशनालय राजपुरका निर्देशक यज्ञराज जाेशीले रैथाने बालिकाे संरक्षणले विपन्न परिवारकाे आर्थिक अवस्था  मात्र नभई जलवायू परिवर्तनकाे असरसंग अनुकुलन गर्न पनि टेवा पुग्ने बताए  । रैथाने बालीकाे संरक्षणमा स्थानीयकाे मेहनत र संघर्ष प्रति निर्देशक जाेशीले खुसि समेत व्यक्त गरे ।

विभिन्न  कार्यक्रमकाे आयाेजना गरि जैविक विविधता दिवस सप्ताह व्यापी मनाउने याेजना रहेकाे सहकारीका अध्यक्ष कविराम डाँगीले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *