२६ औ भूकम्प सुरक्षा दिवस डोटीमा पनि मनाइयो

गणेश मौनी
२ माघ २०८० १५:४८
२६ औ भूकम्प सुरक्षा दिवस डोटीमा पनि मनाइयो

डोटी, २६ औ भूकम्प सुरक्षा दिवस डोटीमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

“स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ,भूकम्प थेग्ने संरचना बनाआंै ” भन्ने मूल नाराका साथ जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको दिवस समारोह कार्यक्रम सिलगढीको इन्द्रचोक बाट जिल्ला प्रशासन कार्यालय सम्म र्याली सहित कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला बिपद व्यवस्थापन समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले डोटी क्षेत्र भूकम्पको उच्च जोखिममा रहेकोले आम नागरिक भूकम्पबाट सुरक्षित रहन जागरूक हुनुपर्ने बताए । उनले भने भूकम्पबाट सुरक्षित रहन अपनाउनु पर्ने उपायहरू हरेक नागरिक, व्यक्ति,समुदायले आत्मसाथ गर्नुपर्छ, पालिकाहरूले भवन संहितालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, पालिकाभित्र रहेका पुराना भवनहरूको लेखाजोखा गरी जोखिम कम गर्न व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताए ।

यस क्षेत्रमा काम गर्ने सङ्घ संस्था र सरोकारवाला निकायले पनि आम नागरिकलाई भूकम्पबाट बच्च जागरूक र जानकारी हुने कार्यक्रमलाई जोड दिन आवश्यक रहेको समेत प्रजिअ अर्यालले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको पुस २९ गते बसेको बैठकले भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला स्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुका साथै पालिकाहरूलाई विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

जिल्ला स्तरमा सञ्चालन भएको दिवस समारोह कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकाएका प्रमुख, सरोकारवाला निकाय, पत्रकार स्थानीय लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *