सेती ६ परियोजनाको ड्याम जाने सडक

गाउँमै पुगेर  मन्त्री देउबाले गरे  सेती ६ परियाेजना जाने सडक निर्माणका लागि सम्झाैता

४५० मेगावाटको सेती नदि ६ परियोजनाको ड्याम निर्माण स्थलसम्म जाने पहुँचमार्ग निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकार र बोगटान फूडसिल गाउँपालिका बिच सम्झाैता

पाँजलो न्युज
१६ पुष २०८० ४:३८
गाउँमै पुगेर  मन्त्री देउबाले गरे  सेती ६ परियाेजना जाने सडक निर्माणका लागि सम्झाैता

डोटी– डोटी र अछामको संगममा पर्ने बोगटान फूडसिल गापाको मोरासैनमा प्रस्तावित ४५० मेगावाटको सेती नदि ६ परियोजनाको ड्याम निर्माण स्थलसम्म जाने पहुँचमार्ग निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकार र बोगटान फूडसिल गाउँपालिका बिच आइतबार एतिहासिक सम्झौता भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका भौत्तिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउबाको उपस्थितमा दुई सरकारबिच सहमती पत्रमा हस्ताक्षर भएको थियो । पश्चिम सेती र सेती ६ परियोजनाको सम्भाव्य अध्यनका लागि भारतीय कम्पनी एनएचपीसीसंग लगानी बोर्डको सम्झौता छ ।

सो कम्पनीले सेती ६ परियोजनाको अध्ययन क्षेत्रसम्म सडक मार्ग नभएकाले कठीनाइ भइरहेको गुनासो लगानी बोर्डसंग गरेपछि सो क्षेत्रमा जाने खत्याडी–मोरासैन सडक निर्माणका लागि प्रदेश र स्थानीय सरकार बीच सम्झौता भएको भौत्तिक पूर्वाधारमन्त्री प्रकाश बहादुर देउबाले बताए । मन्त्री देउबाले आइतबार सो सडकको अनुगमन गरी बजेट सुनिश्चतताका लागि बोगटान फूडसिल गाउँपालिकासंग सम्झौता गरिएको जानकारी दिए । मन्त्री देउबा अर्थ बिकास तथा प्राकृतिक स्रोत समिति सभापति मान वहादुर रावल र प्रदेश सभा सदस्य शिब ओली सहित मन्त्रालयको टोली लिएर बोगटान फूडसिल गाउँपालिका पुगेका थिए ।

सेती नदि ६ परियोजना डोटीको समृद्धि र विकासका लागि कोसेढुंगा सावित हुने भएकाले प्रदेश सरकार जुनसुकै भूमीका निर्वाह गर्न तयार रहेको बताए । प्रदेश सभा सदस्य शिव सिं ओलीले प्रदेश सरकार र स्थानीय सरकारबीच यसरी सम्झौता गरिएको पहिलो योजना रहेको बताउँदै सेती ६ परियोजना अध्ययनमा सबैले भूमीका खेल्नुपर्ने बताए । उनले बोगटान सडकको अधुरो काम र विभिन्न खोलाहरुमा रहेका पुल निर्माणका लागि प्रदेश सरकारसंग माग समेत राखे ।

सम्झौता पत्रमा सो सडकका लागि आवश्यक पर्ने बजेट प्रदेश सरकारले व्यहोर्ने उल्लेख छ भने स्थानीय स्तरमा आवश्यक समस्या समाधानको जिम्मेवारी पालिकाले व्यहोर्ने छ । गाउँपालिका अध्यक्ष कमल सिं गडसिलाले सो सडकको डिपीआर पालिकाले तयार गरिसकेको जानकारी दिँदै यसै आर्थिक बर्षभित्र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरिसक्ने जानकारी दिए । १५ किलोमिटर लम्बाइ रहेको सो सडक नहुँदा अध्यनका लागि आएको भारतीय कम्पनी एनएचपीसीका प्राविधीकहरु घण्टौ पैदल हिँडेर काम गरिरहेका छन् ।

एनएचपीसीले पश्चिम सेती र सेती नदि ६ परियोजनाका लागि दिपायलमा कार्यालय खडा गरि काम गर्दै आएको छ । प्रधानमन्त्री शेर बहादुर देउबाले सेती नदि ६ परियोजनाको ४५० र पश्चिम सेतीको ७५० मेगावाटको संयुक्त रुपमा अध्ययनका लागि एनएचपीचीलाइ अनुमति दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *